झापा विद्रोहमा सहभागीमध्येका प्रमुख योद्धा मोहनचन्द्र अधिकारी जीवनको उत्तरार्द्धमा गुमनाम छन् । ‘नेपालको नेल्सन मण्डेला’का उपनामले चिनिएका अधिकारीले १७ वर्ष कष्टपूर्ण जेल जीवन बिताएका थिए ।
झापा विद्रोहकै अर्का प्रमुख नेता केपी शर्मा ओली अहिले प्रधानमन्त्री छन् । सीपी मैनाली, आरके मैनाली पटकपटक मन्त्री बने । तर अधिकारी राज्यको कुनै पदमा पुगेनन् ।
केही दिनअघि रातोपाटीका सहकर्मी गणेश पाण्डेसँग उनले झापा विद्रोह, समकालीन नेताहरूको वर्गीय चरित्र, पछिल्लो राजनीतिक अवस्थाबारे खुलेर कुरा गरे । प्रस्तुत छ, अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंशः
ठिकै छ । पहिलाभन्दा उमेर बढेको छ ।
सकसक लागेर के गर्नु ? पहिले माधव कुमार नेपाल र केपी शर्मा ओली मिलेर पार्टीबाट मलाई हटाइदिए । अहिले माधव नै हटे ।
१३ वर्षदेखि लागेको हुँ । ००८ सालमा कांग्रेसको सरकार हुँदा मजदुरको मिटिङमा गोली चलाएको थियो । त्यस घटनाबाट मलाई कांग्रेस राम्रो लागेन । मेरो बुवा पनि कांग्रेस नै हुनुहुन्थ्यो । मनमोहनजी मेरो माइला बुवा हो । मनमोहन, डीपी अधिकारीसहित पाँच जनालाई जेलमा राखेका थिए । म उनीहरूलाई भेट्न जेलमा गइराख्थेँ । भेट्ने क्रममा म नेपाल कम्युनिस्ट पार्टीको सम्पर्कमा आएँ । मैले विद्यार्थीबाट राजनीति सुरू गरेको हो । ०२६ सालसम्म विद्यार्थी राजनीतिमा सक्रिय भएँ । त्यसपछि म पार्टी राजनीतिमा सक्रिय भएँ ।
बी.ए. पास गरेको छु ।
मैले महेन्द्र मोरङ क्याम्पसबाट आइ.ए. पूरा गरेँ । त्रिचन्द्र क्याम्पसमा पनि भर्ना भएको थिएँ । त्रिचन्द्र कलेजको ५० औँ वर्षगाँठ मनाउने सिलसिलामा झडप भएको थियो । गांगोली प्रिन्सिपल हुनुहुन्थ्यो । जगतबहादुर बुढाथोकी भूगोलको मास्टर हुनुहुन्थ्यो । उहाँहरूले मलाई रेस्टिकेट गर्नुभयो । उहाँहरू बढप्पन देखाउनुभयो । त्यस्तो सहने बानी मेरो थिएन । त्यसपछि मोरङ गएर पढ्न खोजेको थिएँ । एक जना चिनेका दाइ गोपाल अधिकारी प्रिन्सिपल हुनुहुन्थ्यो । उहाँले ‘तिमीलाई रेस्टिकेट गरेको रहेछ, नेतागिरी गर्दारहेछौ । मेरो कलेजमा भर्ना लिन्नँ’ भन्नुभयो । भर्ना लिन नमानेपछि त्रिभुवन विश्वविद्यालयबाट प्राइभेट परीक्षा दिएर बी.ए. पास गरेँ ।
०२६ सालमा चीनमा लियु साओची र माओ सेतुङबिच ठुलो मतभेद भयो । त्यतिबेला साओची राष्ट्रपति थिए । त्यसको असर भारत र नेपालमा पनि पर्यो ।
विद्यार्थी संगठनमा भरतराज जोशी हटेपछि म सेक्रेटरी भएको थिएँ । केही समय धनकुटामा गएर मास्टरी पनि गरेँ । ००६ सालमा नेकपा स्थापना भएको थाहा छैन । ००७ सालदेखि राजनीतिक घटना अलिअलि थाहा छ । नेकपाको प्रथम महाधिवेशन पनि मलाई थाहा छैन । दोस्रो महाविधेशनदेखि सहभागी भएँ ।
त्यतिबेला रायमाझीलाई कामु दिएर पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारी चीन जानुभएको थियो । उहाँहरू चीनमै रहेको बेला दोस्रो महाधिवेशन भयो । रायमाझी महासचिव बने । पुष्पलाल कांग्रेस परस्त हुनुहुन्थ्यो । उहाँले कांग्रेसको लाइन नै अपनाउनुपर्छ भन्नुहुन्थ्यो । पछि पुष्पलाल स्वदेश फर्किनुभयो । मनमोहन चीनमै रहनु भयो ।
तेस्रो महाधिवेशनमा मैले नै न्यू डेमोक्रेसी (नौलो जनवाद)को दस्तावेज पेस गरेको थिएँ । तेस्रो महाधिवेशनबाट पार्टी विभाजन भयो । पुष्पलाल गुटको फेरि चौथो महाधिवेशन हुने सर्कुलर आयो । मलाई प्रान्तीय इन्चार्ज बनाएर झापा पठाइयो । ०२८ सालमा झापा विद्रोह हुँदा म प्रान्तीय इन्चार्ज थिएँ ।
खास कुरा के हो भन्दा ०२६ सालमा चीनमा लियु साओची र माओ सेतुङबिच ठुलो मतभेद भयो । त्यतिबेला साओची राष्ट्रपति थिए । त्यसको असर भारत र नेपालमा पनि पर्यो । सांस्कृतिक क्रान्तिको प्रभाव हामीमा परेको थियो । भारतमा भएको नक्सलवादी आन्दोलनले झापालाई प्रत्यक्ष प्रभाव परेको थियो । आरके मैनाली, सीपी मैनालीले भारतबाट मान्छे बोलाएका रहेछन् । वीरेन राजवंशी पनि थिए । राजवंशीले तुरुन्त गुरिल्ला वार गर्नुपर्छ भने । त्यतिबेला मैले पहिला परिस्थिति मिलाउँ भनेको थिएँ । तर परिस्थिति गुरिल्ला वार नगरी नहुनेजस्तो भयो । पछि गुरिल्ला दल खोलियो । राजवंशी सो दलमा राजनीतिक कमाण्डर थिए । एक जना चौधरी भाइ गुरिल्ला कमाण्डर थिए ।
त्यो एक्सनमा म थिइनँ । त्यतिबेला नाकको अप्रेसन गर्न काठमाडौँ आएको थिएँ । भुटन चौधरी पञ्च थिए । विद्रोह हुनुमा त्यतिबेला झापामा भोकमरी लागेको थियो । चौधरीलाई धान निकालौँ, हामीलाई चामल चाहियो भनेका थियौँ । चौधरीले ‘हुन्न’ भनेपछि हत्या गरियो ।
केपीलाई हर्कबहादुर भन्ने एक जना सीपीका मितले हटाउने प्रस्ताव ल्याएका थिए । ओली काम गर्ने खालका मान्छे होइनन्, गफ गर्ने खालका मान्छे हुन् भनेर सेक्रेटरीबाट हटाउने प्रस्ताव आयो । अन्तिममा भोटिङ भयो । झापालीहरू ओलीकै पक्षमा लागे । ओलीले त्यतिबेलासम्म राजनीतिक चरित्र पनि देखाएका थिएनन् । त्यसपछि मलाई पार्टी कामको सिलसिलामा इन्डिया पठाइयो । पार्टीले मलाई ठुला नेतासँग भेट नगर्नु, जिल्लास्तरका नेताहरूसँग सम्पर्क बढाउनु भनेर पठाएको थियो । त्यसपछि म इन्डिया गएँ ।
इन्डियामा हरिराम शर्मा भन्ने एक जना मान्छे थिए । अहिले मृत्यु भइसकेको छ । उनले तपाईं क्रान्ति झापामा मात्र गर्ने हो कि पश्चिममा पनि गर्ने भनेर सोधे । मैले ‘यो राज्यव्यवस्थाको कुरा हो । जहाँ पनि क्रान्ति गर्ने कुरा हो’ भनेर उहाँलाई जवाफ दिएँ । त्यतिबेला म मजदुरको रूपमा भूमिगत बसेको थिएँ । म पार्टी कामको प्रचार गरिरहेका थिएँ । केपीलाई हटाउने बेला म थिइनँ ।
मैले लेबर गरेर अलिअलि पैसा बचाएको थिएँ । केपी पुगेपछि फर्केर आउनुपर्यो । नेपाल फर्किन लागेको कुरा हामीले इन्डियाका कमरेडसँग भन्यौँ । उनीहरूले जोगबनीसम्म आउने व्यवस्था मिलाइदिए ।
पार्टीबाट हटाइएपछि मलाई खोज्दै केपी इन्डिया पुगेका रहेछन् । इन्डियाको दरभंगा भन्ने ठाउँमा मैले उखुबारीमा लेबर काम गर्थें । मलाई जसले लगेर राखेको थियो, त्यही मान्छेकहाँ ओली पुगेका रहेछन् । ‘म मोहनचन्द्रलाई भेट्न हिँडेको मलाई पार्टीबाट निकाले’ भनेका रहेछन् । ती बनारसी मान्छे थिए । उनले नै मकहाँ ल्याएर बुझाइदिए ।
इन्डियामा बस्दा ओलीले केही काम गरेनन् । कामचोर हुन् भन्ने कुरा त्यसैबेला थाहा पाइयो । गफ चुट्ने मात्र काम गरे । अति महत्त्वाकाङ्क्षी मान्छे रहेछन् । पहिला उनको व्यवहार मैले चिनिनँ । गफाडी मान्छे रहेछन् भन्ने कुरा पछिमात्र थाहा भयो । क्रान्तिका ठुला कुरा गर्छन् तर एकदम डरपोक मान्छे हुन् ।
मसँगको कुराकानीमा ओलीले मलाई कुमाइहरूले निकाले भनेका थिए । मैले तपाईं आफैँ कुमाइ हुनुहुन्छ, के भयो ? भनेर मैले सोधेँ । जवाफमा मलाई सचिवबाट हटाएर सीपीलाई ल्याए भनेका थिए । ओलीले ‘म तपाईंसँग बस्छु, जहाँ जानुहुन्छ त्यहीँ जान्छु’ भने ।
मैले लेबर गरेर अलिअलि पैसा बचाएको थिएँ । केपी पुगेपछि फर्केर आउनुपर्यो । नेपाल फर्किन लागेको कुरा हामीले इन्डियाका कमरेडसँग भन्यौँ । उनीहरूले जोगबनीसम्म आउने व्यवस्था मिलाइदिए । ओलीको त्यतिबेला माधवसँग भेटघाट भइसकेको रहेछ । माधव विराटनगरमा बैंकको खजाञ्ची थिए । उनकै घरमा बस्यौँ । उनले राजनीति गर्नुपर्छ भने । ओलीले ‘तपाईं जहाँ जानुहुन्छ, म त्यहीँ जान्छु’ भने । अनि मैले ठिकै छ, जानुहोला भनेँ ।
म इन्डियामै थिएँ । हत्या भएपछि हामी इन्डियाबाट आउँदै थियौँ ।
म, केपी माधवको घरमा बसेका हौँ । तीनै जना एउटै थालमा भात खान्थ्यौँ । उसिनेको चामलको भात पकाउँथे । दाल र अलिअलि तरकारी राखेर खान्थ्यौँ । एक दिन माधवले यसरी बसेर काम हुँदैन भने । मैले काम गर्नुपर्यो भनेँ । केपीले म पनि जाने हो भने । पहिला उनी पञ्चे शिवमंगल कलुवारको घरमा बसेर काम गरे । केपीलाई अलि मिठो खानुपर्ने । त्यही पञ्चेले बाहेक अन्यले मिठो खुवाउन सक्दैनथ्यो ।
त्यो केपी जानुन् । त्यतिबेलासम्म के गरे ? के गरेनन् ? मलाई केही थाहा छैन । तर झोलामा किताब हाल्ने उनै हुन् ।
कसरी पक्राउ पर्नुभयो ?
एक दिन म बसेको घरको जेल मजदुरले तिमी ठुलो उमेरका भएछौ । बुझ्छौ होला । तिम्रो साथीले झापामा मान्छे काटेका छौँ भन्दै प्रचार गरेर हिँडेका छन् । बेलुका बसेर कुरा गर्नुपर्छ भनेका थिए । त्यतिकैमा शिवमंगल र केपी आइपुगे । दुवै जनाले यहाँबाट हट्नुपर्यो भने ।
सूर्य नामका एक जना कमरेड थिए । तिनको भतिजोले सूर्यको घरमा जानुपर्छ भने । म जानहुन्न भन्ने पक्षमा थिएँ । केपी जानुपर्छ भन्थे । पञ्च शिवमंगल र केपी जान तयार भए । उहाँहरूसँग तुलसीलाल र पुष्पलालको मूलबाटो, कुन बाटो भन्ने दस्तावेज थियो । त्यो उनीहरूले हाले । झापा विद्रोहको दुई लाइन संघर्षबारे बुँदागत रूपमा मैले लेखेको दस्तावेज अखबारले मोडेर मैले राखेको थिएँ । ती व्यक्तिले पर पुगेपछि हाम्रो झोलाबाट रसिद निकालेर पुसिललाई दिए । झोलामा मूलबाटो र कुन बाटो देखेपछि हामीलाई पक्राउ गर्यो । केपीचाहिँ हामीलाई पक्राउ गरेपछि हाक्कहुक्क गरेर छुटाउन सक्छु भनेर पुलिससँग कुरा गरे । योजनाबद्ध रुपमा पुलिसले पक्राउ गरेको छ, तपाईं भाग्नोस् भन्न पनि नमिल्ने । मलाई पक्राउ गरेपछि ओलीलाई पक्राउ गरेको हो ।
त्यो केपी जानुन् । त्यतिबेलासम्म के गरे ? के गरेनन् ? मलाई केही थाहा छैन । तर झोलामा किताब हाल्ने उनै हुन् । तुलसीलाल र पुष्पलालको किताब राखेपछि पुलिसले थाहा पाइहाल्छ । हामीले लेखेको पत्तै लगाउन सक्दैनथ्यो ।
मेरो भूमिगत नाम नरबहादुर भएकाले पुलिसले चिनेन । थानामा लगेर खुब कुट्यो । गौरमा चन्डिकानन्द खरेल भन्ने धादिङका सीडीओ थियो । नेपालको गुप्तचर विभागको इन्चार्ज पनि थिए । कुटेर पनि वास्तविक नाम थाहा नभएपछि मेरो र ओलीको फोटो खिचेर काठमाडौँ पठाइयो । काठमाडौँका पुलिसले त चिन्ने नै भयो । केरकारमा मेरो नाम छुपाइ राखेको थिएँ । मैले नभनेपछि इन्सपेक्टरले एक बक्सिङ हान्यो । हामीले काठमाडौँमा इन्क्वाइरी गरेर आइसकेका छौँ भन्यो । त्यसपछि मैले मेरो नाम मोहनचन्द्र भनेँ ।
त्यसपछि हामीलाई जेल चलान गर्यो । एउटा विद्यार्थी केटा आएर झापाका काटमारको कुरा चलाएको थियो । उनलाई खोज्दै जाँदा तपाईं पक्राउ पर्नुभयो भनेर पुलिसले भनेका थिए । पक्राउपछि हामी दुवैलाई सँगै राख्यो । रौतहटमा एकदिन राखेर वीरगञ्ज चलानी गर्यो । दुई दिन कैदीसँग राख्यो । दुई दिन राजनीतिक बन्दीसँग राख्यो । डोरीले कम्मरमा बाँधेर कडा सुरक्षा घेराबिच ल्यायो । केपी र मलाई एउटै हतकडी लगाएर ल्याएको थियो ।
मलाई कुनै पश्चताप छैन । हामीले वर्गीय मुक्तिका लागि यो सब काम गरेको हो । तर अझै सर्वहारा वर्गको हितका लागि केही गर्न नसकेकोमा दुःख लागेको छ ।
तपाईंको नजरमा केपी कस्ता व्यक्ति हुन् ?
केपी काम चोर हुन् । अति महत्त्वाकाङ्क्षी व्यक्ति हुन् । एक्सन गर्ने कुरा उनले कल्पनासमेत गरेका थिएनन् होला । एक्सन भएपछि भागे
प्रचण्डले सशस्त्र विद्रोह गरेर न्यू डेमोक्रेसी ल्याउने हो भन्नुभयो । मैले भर्खर प्रजातन्त्र आएकाले हतियारबन्द आन्दोलन गर्ने अधिकार सबैलाई भए पनि अहिले बेला नभइसकेको बताएको थिएँ ।
मैले पहाडमा ५ वटा र तराईमा ५ वटा जेल गरेर १७ वर्ष बिताएँ ।
म खुला राजनीतिमा आउने बित्तिकै प्रचण्डलाई भेटेको थिएँ । पहिलो भेट बंगलामुखीमा भएको थियो । माधवले तपाईं न्यु डेमोक्रेसीको कुरा गर्नुहुन्छ, एकपटक प्रचण्डलाई भेट्नुस् भनेका थिए । प्रचण्डलाई हतियार नउठाउनुस् भनेर भनेको थिएँ तर मान्नुभएन ।
प्रचण्डले सशस्त्र विद्रोह गरेर न्यू डेमोक्रेसी ल्याउने हो भन्नुभयो । मैले भर्खर प्रजातन्त्र आएकाले हतियारबन्द आन्दोलन गर्ने अधिकार सबैलाई भए पनि अहिले बेला नभइसकेको बताएको थिएँ । हतियारबन्द आन्दोलन गर्न केही समय पर्खौं । पहिला संगठित होऔँ । संगठन बलियो भएपछि आवश्यक परेमा हतियार उठाउँला भनेर सुझाव दिएको थिएँ । हामी त झापा आन्दोलनकै बाटोमा हिँड्न लागेको, तपाईं पनि आउनोस् भन्नुभयो । त्यसपछि उहाँ हतियारबन्द आन्दोलनमा लाग्नुभयो । उहाँसँग हतियार थियो । आफू निहत्था, त्यसैले मैले मानिनँ ।
एमाले बनाइदिएको मैले हो । मनमोहनको पार्टी मार्क्सवादी थियो । पुष्पलाल र मनमोहनको विरासत थियो । उनीहरू कम्युनिस्ट पार्टीमा निकै सक्रिय व्यक्ति हुन् । पाँचौँ राष्ट्रिय महाधिवेशनमा मनमोहन, सीपी र झलनाथको लाइन एउटै थियो । नेतृत्व र विचार मदन भण्डारीको पास भयो । हाम्रो हार भयो । मैले नै मनमोहनसँग तपाईंलाई प्रधानमन्त्री बन्न मन छ कि छैन भनेको थिएँ । उहाँले छ भन्नुभयो । त्यसो भए थपक्क अध्यक्ष बन्नोस् भनेर उहाँलाई सुझाव दिएको थिएँ । अध्यक्ष बनेपछि प्रधानमन्त्री बन्न सफल हुनुभयो ।
२०५४ सालसम्म रहेँ । म ६० वर्ष पुगेपछि हट्नुपर्छ भनेर माधव र केपीले मलाई सल्लाहकारबाट समेत हटाए । अहिले माधवलाई नै हटाएका छन् ।
वामपन्थीसम्म मान्न सकिन्छ । तर सरकार वामपन्थी होइन, पूरै बुर्जुवा सरकार हो । उनीहरूले धन पनि कमाए ।
०५४ सालमा पार्टी विभाजन हुँदा हामी वामदेवतिर लाग्यौँ । विभाजनपछि पोखरामा बैठक थियो । त्यतिबेला केशवलाल श्रेष्ठले हिसाब देखाउन सकेनन् । उनीजस्ता छट्टु मान्छेले कतै हिसाब राख्छन् ? त्यसपछि म र सीपी काठमाडौँ फर्कियौँ । मैले सीपीलाई अब यो पार्टीमा बसेर हुँदैन, नयाँ पार्टी खोलौँ भनेर प्रस्ताव राखेको थिएँ । तर उहाँले तपाईंसँग पैसा छैन, एमालेमा बस्नोस्, म तपाईंको न्यू डेमोक्रेसीको लाइनमा पार्टी खोल्छु भन्नुभयो । त्यस्तो मान्छे कम्युनिस्ट होइनन् भनेर कुरा बुझिहाले ।
न्यू डेमोक्रेसी भनेको समाजवाद होइन । त्यहाँसम्म पुग्ने सिलसिलामात्र हो । सर्वहारा वर्ग, श्रमिक, किसान वर्गको नेतृत्वमा शासन ल्याउने गरी काम गर्ने भनेको साथीहरूले सिलसिलै ल्याउनु भएन । सीपीले चाइनाबाट पैसा ल्याएर खानमात्र न्यु डेमोक्रेसीको कुरा गरेका हुन् ।
यो बुर्जुवाको खेल हो । प्रचण्ड प्रधामन्त्री भएको पनि बुर्जुवा सरकार हो । अहिले ओली प्रधानमन्त्री छन् । त्यो पनि बुर्जुवा सरकार हो । केही फरक छैन । उनीहरूले संघसस्था र विदेशी दलाली गरेर हिँडिरहेका छन् । त्योभन्दा केही गर्न सकेको होइन । प्रचण्डका जति पनि लडाकु थिए, ती सबै गिरिजालाई बुझाउनुभयो ।
वामपन्थीसम्म मान्न सकिन्छ । तर सरकार वामपन्थी होइन, पूरै बुर्जुवा सरकार हो । उनीहरूले धन पनि कमाए । नेपाली जनतालाई ठग्ने काम गरे । मेरो विचारमा अब हतियारबन्द आन्दोलनको तयारी गर्नुपर्छ । जितेर न्यू डेमोक्रेसी स्थापित गर्नुपर्छ । अहिलेको व्यवस्थाले समाजवादमा पुगिँदैन ।
माधवलाई केपीले कारवाही गरेपछि एकपटक भेट्न आएका थिए । अरु कोही पनि भेट्न आएका छैनन् ।
प्रतिक्रिया