न्युजिल्यान्डका अनुभवी बलर स्कट सुदूरपश्चिम रोयल्समा
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा न्युजिल्यान्डका बलिङ अलराउन्डर स्कट क्रिस्टोफर कुगेलेइनले सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् ।
३२ वर्षीय दायाँहाते मध्यम तेज गतिका बलर स्कटलाई सुदूरपश्चिम रोयल्सले विदेशी खेलाडीका रुपमा क्लबमा अनुबन्ध गरेको हो । स्कटले न्युजिल्यान्डका लागि टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको प्रतियोगिता खेलिसकेका छन् ।
उनले पछिल्लोपटक यसै वर्षको मार्चमा अस्ट्रेलियाविरुद्ध टेस्ट खेलेका थिए । उनको आगमनले टोलीको बलिङ थप मजबुत हुने विश्वास सुदूरपश्चिम रोयल्सले लिएको छ । स्कटसँग विश्वका चर्चित फ्रेन्चाइज लिग खेलेको अनुभव पनि छ । उनले सन् २०११ देखि प्रथम श्रेणीको क्रिकेट खेल्दै आएका छन् ।
उनले न्युजिल्यान्डका लागि तीन टेस्टको ६ पालीमा ६ विकेट लिएका छन् । उनले दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै पाँच विकेट हात पारेका छन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने उनले १८ खेल खेल्दै कुल १६ विकेट लिएका छन् ।
टोलीलाई आवश्यक पर्दा उनी आक्रामक रुपमा रन बनाउन पनि खप्पिस छन् । उनले टेस्टमा ९२, एकदिवसीय अन्तर्राष्ट्रियमा ११ र टी–२० अन्तर्राष्ट्रियमा ७९ रन बनाएका छन् । सुदूरपश्चिम रोयल्सले यसअघि विदेशी खेलाडीका रुपमा स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्कमलेन र इङ्ल्यान्डका सेफ अली जेबलाई अनुबन्ध गरिसकेको छ ।
सुदूरपश्चिम रोयल्सको प्रमुख मेन्टरको भूमिकामा अस्ट्रेलियाका विश्वकप विजेता पूर्वक्रिकेटर ब्राड हज रहेका छन् । सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा भने जगत टमाटा रहेका छन् । सुदूरपश्चिम रोयल्सले आइकनिक खेलाडी टोलीमा समेट्न खुला छनोट पनि गर्दैछ ।
ईम्पायर स्पोर्टस म्यानेजमेन्ट प्रालिको स्वामित्वमा रहेको क्लब हो, सुदूरपश्चिम रोयल्स । ईम्पायर स्पोर्टस म्यानेजमेन्ट प्रालिले सुदूरपश्चिम रोयल्सको स्वामित्व एक करोड ६८ लाख ८८ हजार आठ सय ८८ रुपैयाँमा खरिद गरेको हो ।
सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी भने दीपेन्द्रसिंह ऐरी हुन् । उनी राष्ट्रिय टोलीका प्रभावशाली अलराउन्डर पनि हुन् । हालै काठमाडौँमा सम्पन्न अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) मा सुदूरपश्चिम रोयल्सले आरिफ शेखलाई अधिकतम १५ लाख रुपैयाँमा खरिद गरेको थियो ।
यसैगरी, सुदूरपश्चिम रोयल्सले अविनाष बोहरालाई १२ लाख रुपैयाँमा आफ्नो टोलीमा भित्राएको थियो । सुदूरपश्चिम रोयल्सले विनोद भण्डारीका लागि भने १० लाख रुपैयाँ खर्चिएको थियो । ईशान पाण्डेलाई सुदूरपश्चिम रोयल्सले नौ लाख ५० हजार रुपैयाँमा किनेको थियो ।
यसका अतिरिक्त, सुदूरपश्चिम रोयल्सले अर्जुन कुमाललाई सात लाख ५० हजार तथा खड्कबहादुर बोहरा र नरेश बुढाऐरलाई पाँच–पाँच लाख रुपैयाँमा खरिद गरेको थियो । सुदूरपश्चिम रोयल्सले भोजराज भट्टलाई चार लाख ५० हजार, अमित श्रेष्ठलाई तीन लाख ५० हजार र नरेन साउदलाई दुई लाख रुपैयाँमा किनेको थियो । सुदूरपश्चिम रोयल्सले अक्सनमा कुल ७४ लाख रुपैयाँ खर्चिएको थियो ।
निकट भविष्यमा आयोजना हुने एनपीएलमा आठवटा टोलीको सहभागिता रहने छ । प्रतियोगिता आगामी मंसिर १६ गतेदेखि काठमाडौँमा सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुलाधर जनप्रिय नेताका रूपमा समेत स्थापित हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली
-
प्रचण्डलाई वलीको सुझाव– नढाँटीकन माओवादी आन्दोलनबारे किताब लेख्नोस्
-
चाडपर्वमा पशुलाई चिल्लो खानेकुरा दिँदा पेट ढाडिने समस्या हुन्छ : नार्क
-
बुढीगण्डकी आयोजना कार्यान्वयनका चुनौती र सम्भावना
-
चार दिनपछि मात्र धान काट्न नार्कको आग्रह
-
साफ महिला च्याम्पियनसिप : यस्तो छ पार्किङको व्यवस्थापन