अक्टोबर ५ मा मतदान अघि अमेरिकामा ३ करोड मत खस्यो
वासिङ्टन डीसी । विश्वको सबैभन्दा शक्तिशाली पदका लागि दुई मुख्य दावेदार कमला ह्यारिस र डोनाल्ड ट्रम्पले आजभोलि आफ्नो सक्दो प्रयास गरिरहेका छन् । एक अर्कालाई आरोप–प्रत्यारोपदेखि मतदातालाई रिझाउनसम्म सबै किसिमका रणनीति चुनावी मैदानमा प्रयोग भइरहेका छन् ।
नोभेम्बर ५ मा हुने मतदानको नतिजापछि ह्वाइट हाउसमा कमला सत्तामा आउँछिन् कि ट्रम्पको कार्ड चल्छ भन्ने निर्णय गर्नेछ । तर, यस चुनावी दौडका लागि अमेरिकामा प्रारम्भिक मतदानको अभ्यास धमाधम भइरहेको छ ।
३ करोड जनताले गरे मतदान
३० करोड अमेरिकी मतदातामध्ये करिब ३ करोडले मतदान गरिसकेका छन् । यो सूचीमा पूर्व राष्ट्रपति बाराक ओबामा र जिमी कार्टर पनि पर्छन् । ओबामाले पोष्टल भोटको सम्पूर्ण प्रक्रिया सामाजिक सञ्जालमा भिडियो शेयर गर्दै मतदातालाई भोट दिन अपिल गरेका थिए ।
प्रारम्भिक मतदानमा, मतदाताहरूले आफ्नो नजिकको मतदान केन्द्रमा गएर निर्धारित मिति भन्दा पहिले नै आफ्नो मतदान गर्न सक्नेछन् । हुलाक भोटको पनि प्रयोग गर्न सकिन्छ ।
स्विङ राज्यहरूमा तीव्र बन्दै प्रारम्भिक मतदान
अमेरिकामा चुनावी दौडलाई प्रायः केही राज्यहरूको युद्ध भनिन्छ । अमेरिकाका ५० मध्ये अधिकांश राज्यमा कुनै एक दलका दर्ता भएका मतदाताहरूको बाहुल्यका कारण त्यहाँका नतिजा प्रत्याशित छन् ।
यस्तो अवस्थामा धेरै राज्यको रङ रातो (रिपब्लिकन) वा नीलो (डेमोक्रेटिक) भन्ने लगभग निश्चित छ । तर केही राज्यहरूलाई बैजनी राज्य भनिन्छ । यी राज्यमा रिपब्लिकन र डेमोक्रेटिक पार्टीका मतदाताहरू लगभग बराबर छन् ।
राष्ट्रपति पदका कुनै पनि उम्मेदवारका लागि सबैभन्दा ठुलो चुनौती यी स्विंग राज्यमा जीत हात पार्नु हो । यी राज्यमा चुनावी परिणाम कहिले रिपब्लिकन त कहिले डेमोक्रेटिक पार्टीको उम्मेदवारको पोल्टामा गइरहन्छ ।
त्यसैले हरेक पटकको राष्ट्रपति निर्वाचनमा प्रत्येक उम्मेदवारले यी राज्यमा प्रचार–प्रसारमा विशेष ध्यान दिन्छन् । यसपटक कमला ह्यारिस र डोनाल्ड ट्रम्पबिच चलिरहेको चुनावी प्रतिस्पर्धामा एरिजोना, जर्जिया, मिसिगन, पेन्सिलभेनिया, नर्थ क्यारोलिनालगायत ७ राज्य निर्णायक हुने बताइएको छ ।
डेटाले के भन्छ ?
जर्जिया, पेन्सिलभेनिया र एरिजोनाजस्ता स्विङ राज्यहरूमा मतदाताहरूले प्रारम्भिक मतदानमा ठुलो उत्साह देखाएको पछिल्लो तथ्याङ्कले देखाएको छ । त्यसमध्ये पनि महिलाको सङ्ख्या ठुलो छ ।
एरिजोनामा रिपब्लिकन पार्टीका मतदाताहरूले ठुलो सङ्ख्यामा हुलाक भोट प्रयोग गरेका छन् भने पेन्सिलभेनियामा हुलाक मत प्रयोग गर्नेहरूमध्ये डेमोक्रेटिक पार्टीका रिजिष्टर्ड मतदाताको सङ्ख्या धेरै छ । स्विङ राज्यहरूमा प्रारम्भिक मतदानको डेटाले उम्मेदवारहरूको चुनावी शक्ति त प्रकट गर्छ नै दुई मध्ये कसले अन्तर बढाउलान् भन्ने सङ्केत पनि गर्छ ।
तीन तरिकाले मतदान
अमेरिकामा चुनावको मतदान तोकिएको मतदान केन्द्रमा हुन्छ । यसबाहेक जनताले हुलाकबाट पनि मतदान गर्छन् । निर्धारित मितिभन्दा अगाडि पनि मतदान हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली र प्रचण्ड महाराजजस्ता भए : हरि रोका
-
तपाईँको यो साता कस्तो रहला ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता
-
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
-
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
-
आन्तरिक राजस्वमा ४० प्रतिशत वृद्धि, सशर्त, समपूरक र विशेष अनुदानमा २२.१ प्रतिशतले कमी