साफ महिला च्याम्पियनसिपको फाइनल खेल काठमाडौँ महानगरले तीन स्थानबाट प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेल तीन स्थानबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ । टुँडिखेल, चाबहिल फुटबल ग्राउन्ड र सानो गौचरन (हाँडीगाउँ)बाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गरिने भएको हो ।
महानगरले एक सूचनामार्फत भनेको छ –'साफ वुमन्स च्याम्पियनसिप (साउथ एशियन फुटबल फेडेरेसन वुमन्स कप) २०२४ को फाइनल खेलमा आज नेपाली महिला फुटबल टिमले वंगालादेश विरुद्ध प्रतिस्पर्धा गर्दै छ । यो खेल हेर्न धेरै दर्शकहरूलाई चाहना छ । तर, खेलमैदानमै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन छ । यसकारण, हामीले खेलमैदानमा पुग्न नसक्ने तर खेल मैदान जत्तिकै उत्साहका साथ खेल अवलोकन गर्ने अवसरका लागि टुँडिखेल, चाबहिलको फुटबल ग्राउन्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउँदै छौँ ।'
खेलको प्रवर्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनका प्रदर्शन हुने प्रत्यक्ष प्रसारण खेल अवलोकनका लागि आफूलाई पायक पर्ने स्थानमा जानुहुन फुटबल खेलप्रेमी दर्शकलाई महानगरले आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्र र धवल शमशेरको रिहाइको लागि राजनैतिक र कानुनी लडाई जारी राख्ने राप्रपाको निर्णय
-
मन्त्रालय बाँडफाँड गरेर शासन चलाउन एमालेसँग सहकार्य गरेका होइनौँ : एनपी साउँद
-
सैलुनमा एसी र इन्भर्टर जोड्न दिने तोकादेश तथ्यहीन र अतिरञ्जित – उपमहानगरपालिका
-
दाउन्नेमा मन्त्री दाहालको निरीक्षण, मनसुन अगावै सक्न निर्देशन
-
उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको छड्के अनुगमन
-
मधेस सरकारले सर्वोच्चलाई झुक्याउँदै सांसदलाई बाँड्यो अर्बौं रकम