आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

दर्शकको माया फेरि पाउनेछु : विपना थापा

बुधबार, १४ कात्तिक २०८१, १२ : ०८
बुधबार, १४ कात्तिक २०८१

काठमाडौँ । अभिनेत्री विपना थापा १६ वर्षपछि फिल्म ‘ह्रस्व–दीर्घ’ मार्फत अभिनयमा कमब्याक गरेकी छन् । कार्तिक ३० गतेदेखि प्रदर्शनमा आउने फिल्ममा उनलाई अभिनेता हरिहर अधिकारीको आमाको रूपमा देख्न सकिन्छ ।

यो फिल्म प्रदर्शनमा नआउँदै उनी ‘जेरी अन टप’ समेत अभिनय गर्दैछिन् । फिल्मको सोमबारबाट छायाङ्कन सुरु भएको छ । फिल्ममा उनी अनमोल केसीको आमाको रूपमा देखिँदैछिन् । फिल्ममा अनमोलको आमा बन्न पाउँदा खुसी लागेको बिपनाले बताइन् ।

‘सानैदेखि नै देख्दै आएकी अनमोललाई सानोमा खेलाएकी पनि छु । त्यसैले आफूले सानैदेखि देखेको कलाकारको आमा बन्नु एकदमै रमाइलो पल हुनेछ’ उनले भनिन् । फिल्ममा धेरैपछि विपना अभिनेता भुवन केसीसँग पनि काम गर्दैछिन् । भुवनसँग काम गर्दा धेरै सिक्ने मौका मिल्ने उनको धारणा छ ।

‘भुवन दाइ फिल्म क्षेत्रको सदावहार सुपरस्टार हुनुहुन्छ । उहाँ म भन्दा धेरै सिनियर हुनुहुन्छ । मैले सधैँ उहाँलाई धेरै सम्मान गर्छु’, विपना भन्छिन्– ‘भुवन दाइ जस्ता हिरो फिल्म क्षेत्रले शायद कोही पाउँछ ।’

बिपना भारतमा घरजम गरेका कारण फिल्म क्षेत्रबाट केही समय बाहिर रहेकी थिइन् । अहिले भने उनी फिल्म धमाधम खेलिरहेकी छन् । लामो समयपछि फिल्ममा फर्किए पनि दर्शकले आफूलाई साथ दिने उनको विश्वास छ । भन्छिन्, ‘फेरि एकपटक फिल्ममा फर्किएकी छु । सबैले साथ र माया दिनुहोला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप