कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई दियो १०० रनको लक्ष्य
काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाँचौँ दिन बुधबार कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई जितका लागि एक सय रनको लक्ष्य दिएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले ३७.३ ओभरमा अलआउट हुनुअघि ९९ रनमात्र बनाउन सक्यो । कर्णाली प्रदेशका तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । ओपनर ब्याट्सम्यान अरविन्द घर्तीले सर्वाधिक २० रन बनाए । भुपेन्द्र शाहीले १९ र अनिरुद्ध कवारले १५ रन बटुले ।
कर्णाली प्रदेशले आफ्ना ब्याट्सम्यानले बनाएभन्दा बढी रन अतिरिक्त रूपमा पाएको थियो । अतिरिक्त रूपमा कर्णाली प्रदेशले २२ रन पाएको थियो । लुम्बिनी प्रदेशका बलर सन्तोष यादव एक्लैले ६ विकेट लिए । उनले १० ओभरमा तीन मेडन राख्दै केवल १९ रन खर्चिए । रमेश कुर्मीले दुई तथा निर्मल गुरुङ र महेश भारले एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकारले त्यागेकै हो सुरुङमार्ग मोह ?
-
बुटवलमा त्रिपिण्डी श्राद्ध एवं वास्तु विषयक गोष्ठी
-
निर्माण सामग्रीको अभावमा सिँचाइ आयोजनाको काम सुस्त गतिमा
-
व्यापार छाडेर विदेशतिर, के कारणले टिक्न सकेनन् व्यवसायी ?
-
कोशी प्रदेशमा सवारी दुर्घटना : पाँच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
-
संसदीय समितिको निर्णयलाई अवज्ञा गर्दै बागमती सरकार