लुकाकुको गोलसँगै ‘लिग लिडर’ नापोलीले एसी मिलानलाई हरायो

काठमाडौँ । इटालियन सिरिए फुटबलमा नापोलीले निकटतम प्रतिद्वन्द्वी इन्टर मिलानसँग सात अंकको स्पष्ट अग्रता हासिल गरेको छ । सिरिएको आफ्नो पछिल्लो खेलमा नापोलीले बलियो प्रतिद्वन्द्वी एसी मिलानलाई २–० गोलले हरायो ।
नापोलीले दुबै गोल पहिलो हाफमै गरेको थियो । खेल सुरु भएको पाँचौँ मिनेटमै अनुभवी बेल्जियन स्ट्राइकर रोमेल लुकाकुले नापोलीका लागि पहिलो गोल गरेका थिए । इन्टर मिलानका पूर्वखेलाडी लुकाकु यसै सिजन नापोलीमा आबद्ध भएका हुन् ।
सान सिरोमा खेलिएको उक्त खेलमा नापोलीका लागि दोस्रो गोल निर्धारित समयको ४३औँ मिनेटमा जर्जियन खेलाडी ख्विचा क्वाटर्सखेलियाले दोस्रो गोल थपेका थिए । खेलको दोस्रो हाफमा भने दुबै टोलीबाट गोल हुन सकेन ।
हालसम्म १० खेल खेलेको नापोली २५ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । नापोलीले हालसम्म आठ खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको छ । दोस्रो स्थानमा आसिन इन्टर मिलानले नौ खेलबाट १८ अंक जोडेको छ ।
यसैगरी, नौ खेलबाट १७ अंक जोडदै युभेन्ट्स तालिकाको तेस्रो स्थानमा छ । जारी सिजनको लिगमा एक खेल पनि नहार्ने युभेन्ट्स एकमात्र टोली हो । नौ खेल खेलेको एसी मिलान भने १४ अंकसहित तालिकाको आठौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालकसहित २ जना पक्राउ
-
भूकम्पपछिको पुनःनिर्माणका लागि कहाँ-कहाँ खुल्दैछ प्राधिकरणको अस्थायी कार्यालय ?
-
‘वरिष्ठ बलराम’ आगामी लक्ष्मी पूजामा रिलिज हुने
-
पाथीभरा केबलकार विवाद : गृहमन्त्रीले कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गर्दै
-
अनलाइनबाट हुने अपराधलाई राज्यको सीमा भित्रका प्रयासले मात्रै रोक्न सकिँदैनः प्रधानमन्त्री
-
टिकटकमा ‘मायावी’ पाइरेसी, साइबर ब्युरो जाँदै निर्माता