वीरेन्द्रनगर नगरपालिकाले नगर प्रहरी भर्ना गर्दै
बुधबार, १४ कात्तिक २०८१, ११ : २०

सुर्खेत । प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले नगर प्रहरी भर्ना गर्न लागेको छ । त्यसका लागि आज एक सूचना जारी गरेको हो ।
उक्त सूचना अनुसार नगरपालिकाले २७ जना नगर प्रहरी करारमा भर्ना गर्न लागेको हो ।
सूचना अनुसार एक जना प्रहरी निरीक्षक, १ नगर प्रहरी नायव निरीक्षक, दुई जना (एक महिला, एक पुरुष) नगर प्रहरी सहायक निरीक्षक, तीन जना नगर प्रहरी हवलदार, दुई जना नगर प्रहरी जवान (हेभी सवारी चालक) र १८ जना नगर प्रहरी जवान समेटिने छ ।
नगर प्रहरी सेवाको गठन, सञ्चालन र सेवा सर्त सम्बन्धी व्यवस्था गर्न बनेको ऐन, ०७९ अनुसार नगर प्रहरी भर्ना गर्न लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शीर्ष स्थानमा रहेको दिल्लीलाई गुजरातको चुनौती
-
बद्रीनाथनजिकै आफ्नो नाममा मन्दिर रहेको उर्वशीको दाबीपछि हंगामा
-
विवादपछि ‘जाट’ बाट विवादास्पद दृश्य हटाइयो, निर्माताहरूले मागे माफी
-
प्रधानमन्त्री र सभामुखसँगको छलफलपछि महासंघको बैठक बस्दै
-
प्रविधिमैत्री बन्दै कामपाका विद्यालय
-
६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक