स्पेनमा भीषण वर्षा, बाढीमा परेर कयौँको मृत्यु
म्याड्रिड । यूरोपेली देश स्पेनमा मुसलधारे वर्षाका कारण कयौँ क्षेत्रमा बाढी आएको छ । बाढीका कारण दक्षिण पूर्वी स्पेनमा कयौँ शव बरामद भएको बताइएको छ । भ्यालेन्सिया सहरको अवस्था गम्भीर बनेको छ । बाढीमा परेर मृत्यु भएकाहरूको शव भेटिएको भएपनि यसबारे अधिक जानकारी दिन नसक्ने शहरका नेता कार्लोस मजोनले भनेका छन् ।
अधिकारीहरूका अनुसार पूर्वी प्रान्त अल्बासेटेमा ६ जना हराइरहेको छन् । यहाँको जनसङ्ख्या एक हजारभन्दा कम छ । राहत र उद्धार कार्य जारी रहेको र रातभर बाढी प्रभावितलाई बचाउने प्रयास गरिएको पनि बताइएको छ । सामाजिक सञ्जालमा बाढीसँग सम्बन्धित धेरै भिडियो शेयर भएका छन् । जसमा सडकमा सवारीसाधन पानीमा डुबेको देख्न सकिन्छ ।
बाढीमा फसेका सयौँ मानिसहरूले रेडियो र टिभी स्टेशनलाई मद्दतका लागि फोन गरिरहेका छन् । कोही आफैँ बाढीमा फसेका छन् त कोही आफन्तका लागि सहयोगको याचना गरिरहेका छन् । कतिपय क्षेत्रमा आपत्कालीन सेवा समेत ठप्प भएको छ । बेपत्ता व्यक्तिहरूको खोजी गर्न ड्रोनको प्रयोग भइरहेको स्थानीय अधिकारी मिलाग्रोस टोलानले स्पेनको सरकारी टेलिभिजनलाई बताए ।
स्पेनको मौसम एजेन्सीले भ्यालेन्सिया सहरमा दोस्रो उच्च सतर्कता जारी गरेको बताएको छ । सबै स्कुलहरू बुधबारसम्म बन्द गरिएको र खेलकुद कार्यक्रमहरू स्थगित गरिएको भ्यालेन्सिया सिटी हलले भनेको छ । सबै पार्कहरू पनि बन्द गरिएको छ ।
आफूले बेपत्ता मानिस र बाढीबाट भएको क्षतिको रिपोर्ट हेरिरहेको स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा भनेका छन् । सान्चेजले सर्वसाधारणहरूलाई प्रशासनको सल्लाह पालना गर्न आग्रह पनि गरेका छन् । साथै उनले मानिसहरूलाई अनावश्यक यात्रा नगर्न पनि अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कटारीमा वन्यजन्तुको उद्धार तथा पुनःस्थापना केन्द्र स्थापना
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी