चीनका कान्छा अन्तरिक्षयात्री पुगे अन्तरिक्ष
बेइजिङ । तीन जना अन्तरिक्षयात्री बोकेर चिनियाँ अन्तरिक्ष यान अन्तरिक्षमा पुगेको छ । ६ घण्टा भन्दा बढी समयको यात्रापछि शेन्चाउ १९ अन्तरिक्ष स्टेसनमा पुगेको थियो । तीन जनाको सो समूहमा चीनकी पहिलो महिला अन्तरिक्ष इन्जिनियर पनि छिन् । एक जना भने चीनको अहिलेसम्मकै कान्छा अन्तरिक्षयात्री हुन् ।
६ महिनासम्म ती तीन जना चीनको आफ्नै अन्तरिक्ष स्टेसनमा बस्नेछन् । यस क्रममा केही परीक्षण र स्पेश वाक गरिनेछ । चीनले सन् २०३० सम्ममा चन्द्रमामा अन्तरिक्ष यात्री उतार्ने मिशनमा काम गरिरहेको छ । यसअघि उसले अन्तरिक्षमा पर्याप्त अनुभव र ज्ञान बटुल्न खोजिरहेको छ ।
चीनले शेन्चाउ १९ लाई पूर्णतः सफल घोषित गरेको छ । यतिबेला चीनले अन्तरिक्षमा अमेरिकी प्रभुत्व तोड्ने प्रयास तीव्र पारिरहेको छ । गोबी मरुभूमिबाट चीनले शेन्चाउ १९ प्रक्षेपण गरेको थियो । यस क्रममा सयौँ सर्वसाधारण प्रक्षेपणस्थलमा उपस्थित थिए । २ वर्ष अघि मात्रै चिनियाँ राष्ट्रपति सि जिनपिङले अन्तरिक्षको न्वेषा, स्पेश उद्योगको विकास र चीनको आफ्नै अन्तरिक्ष ताकतको निर्माण गर्ने घोषणा गरेका थिए ।
तर केही अमेरिकीहरूले चीनको सो महत्त्वाकाङ्क्षा र तीव्र गतिमा भइरहेको प्रगतिलाई वास्तविक खतराको रूपमा हेरेका थिए । यो वर्षको सुरुमा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका प्रमुख बिल नेल्सनले अमेरिका र चीन चन्द्रमामा फर्किने दौडमा रहेका बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिहारमा यी प्रदेशमा वर्षाको सम्भावना
-
विद्युत् महसुल बक्यौता नबुझाई लाइन जोडिए संघर्षका कार्यक्रम घोषणा गर्ने प्राधिकरणका कर्मचारीहरूको चेतावनी
-
शतकसँगै स्मृतिले बनाइन् नयाँ कीर्तिमान
-
नेता कार्यकर्ताले पार्टी छाड्न थालेपछि गम्भीर समीक्षामा जनमत पार्टी
-
‘बाढी पहिरो त रोकियो, गाउँमा बस्न सक्ने अवस्था छैन’
-
‘ब्यान्ड भर्सेस ब्राण्ड’ कागजमा सीमित, विदेशबाट वार्षिक साढे २ अर्बको मदिरा आयात