नेकपा संस्थापक कर्माचार्यको जन्म शतवार्षिकीको अवसरमा धनगढी आर्यघाट सरसफाइ
बुधबार, १४ कात्तिक २०८१, १० : १७

धनगढी । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्म शतवार्षिकीको अवसरमा आज धनगढी उपमहानगरपालिकास्थित आर्यघाट सरसफाइ गरिएको छ ।नेकपा (माओवादी केन्द्र) धनगढी उपमहानगर कमिटीले धनगढी उपमहानगरपालिका ९ स्थित त्रिवेणी आर्यघाट सरसफाइ गरेको हो ।
सरसफाइ कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओमप्रकाश पुन, केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेशसिंह धामीलगायतको सहभागिता रहेको थियो ।
यसैबिच माओवादी केन्द्रले आज नै कर्माचार्यको शताब्दी वर्ष प्रारम्भ हुने सो अवसरमा धनगढीमा नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र हाम्रा कार्यभारहरू विषयक वैचारिक कार्यक्रम र ज्येष्ठ कम्युनिस्ट सदस्यहरूलाई सम्मान गर्ने कार्यक्रम राखेको पार्टीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री धामीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलामुखिको बार आज कुन राशिलाई कस्तो फल ?
-
नेपालमा कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?
-
सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारीले भनिन्-‘हिमालमा जीवन छैन’
-
‘प्रोजेक्ट बैङ्क’मा राखिएका १० हजारबढी आयोजना कटौती
-
आर्सनलको बराबरीले लिभरपुललाई उपाधि जित्न सहज, च्याम्पियन बन्न १ अंकको आवश्यकता
-
आईपीएल : मुम्बईले शान बढाउँदा, हैदरावादको हरिविजोग