रोनाल्डो पेनाल्टीमा चुक्दा अल नासर बाहिरियो

रियाद । खेलको इन्जुरी समयमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले पेनाल्टीबाट बराबरी गर्ने अवसर गुमाउँदा अल नासर किंग्स कपको अन्तिम १६ बाट नै बाहिरिएको छ । मंगलबार राति भएको खेलमा टोली अल तावुनसँग ०–१ गोलले पराजित भएको हो ।
खेलको ९६ औँ मिनेटमा रोनाल्डो पेनाल्टीलाई गोलमा परिणत गर्नबाट चुकेका थिए । पोर्चुगिज सुपरस्टारको प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो ।
यसअघि खेलको ७१ औँ मिनेटमा वालिद अल–अहमदले गोल गर्दै घरेलु टोलीलाई स्तब्ध बनाएका थिए । पछि उनले नै अल नासरका मोहम्मद मारानलाई लडाएपछि टोलीले पेनाल्टी पाएको थियो । जसको फाइदा रोनाल्डोले उठाउन सकेनन् ।
यसअघि ३९ वर्षीय खेलाडीले फ्रिकिकबाट गोलका लागि प्रयास गरेका थिए । तर, अल तावुनका गोलकिपरले त्यसलाई बचाएका थिए ।
रोनाल्डोको ध्यान अब साउदी प्रो लिगमा हुनेछ । अल नासरले शुक्रबार लिगको शीर्ष स्थानमा रहेको अल हिलालको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाल डे’ मनाइँदै
-
पतिबाट बच्चा नहुने भएपछि जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब
-
टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका साउँद अध्यक्षमा विजयी
-
तीनकुने घटना : थप तीन जना प्रहरी नियन्त्रणमा
-
मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणाको सुपुर्दगी सफल : एनआईए