साफ महिला च्याम्पियनसिप : फाइनल खेल हेर्न टिकट काट्नेको बिहानदेखि भीड (तस्बिरहरु)
_0oQ1n6YLhM.jpg)
काठमाडौँ । साफ महिला च्याम्पियनसिपमा नेपाल र बङ्गलादेशबिच आज हुने फाइनल खेल हेर्न टिकट काट्नेको बिहानदेखि भीड लागेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री थालेको छ ।
एकजनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्ने गरी व्यवस्था मिलाइएको छ । यसअघि नेपाल र भारतबिचको खेलमा क्षमताभन्दा बढी टिकट विक्री गरेको पाइएपछि आजको खेलको लागि एन्फा आफैले टिकट विक्री गरेको हो ।
सन् २०२२ मा नेपालमा नै आयोजना भएको गत संस्करणको फाइनलमा नेपाल बङ्गलादेशसँग १–३ गोलअन्तरले पराजित भएको थियो । सोही संस्करणमा बङ्गलादेशले पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि उचालेको थियो । सन् २०१६ मा भारतमा भएको चौथो संस्ककरणमा नेपाल सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।
त्यसैगरी सन् २०१९ मा नेपालमा नै आयोजना भएको पाँचाैँ संस्करणको साफ च्याम्पियनसिपमा नेपाल भारतसँग ३–१ गोलअन्तरले पराजित हुँदै दोस्रो स्थानमा रहेको थियो ।
जारी प्रतियोगितामा नेपालले भारत र बङ्गलादेशले भुटानलाई हराउँदै फाइनल यात्रा तय गरेका हुन् । साफ च्याम्पियनसिपको फाइनल खेल बुधबार साँझ ६ः३० बजे दशरथ रङ्गशालामा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्र र धवल शमशेरको रिहाइको लागि राजनैतिक र कानुनी लडाई जारी राख्ने राप्रपाको निर्णय
-
मन्त्रालय बाँडफाँड गरेर शासन चलाउन एमालेसँग सहकार्य गरेका होइनौँ : एनपी साउँद
-
सैलुनमा एसी र इन्भर्टर जोड्न दिने तोकादेश तथ्यहीन र अतिरञ्जित – उपमहानगरपालिका
-
दाउन्नेमा मन्त्री दाहालको निरीक्षण, मनसुन अगावै सक्न निर्देशन
-
उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुरस्थित क्रिकेट स्टेडियमको छड्के अनुगमन
-
मधेस सरकारले सर्वोच्चलाई झुक्याउँदै सांसदलाई बाँड्यो अर्बौं रकम