बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

भान्सामा यी ५ खानेकुरा छन् ? सधैं बिरामी पर्नुहुनेछ

बुधबार, १४ कात्तिक २०८१, ०३ : ००
बुधबार, १४ कात्तिक २०८१

काठमाडौं । भान्सामा केही यस्ता खानपिनका चिज पनि हुन्छन्, जुन नहुँदा हाम्रो कामै नै चल्दैन । तर यसमा केही यस्ता खानेकुरा पनि हुन्छन् जुन हाम्रो लागि रोगका घर बन्छन् । 

चाहे प्रशोधित खानेकुरा होस् वा चिनी वा प्याकेटमा आउने जुस  यी सबै खानेकुरा हाम्रो लागि कुनै पनि हिसाबले राम्रो होइनन् । यी खानेकुराका कारण उच्च रक्तचाप, मुटुसँग सम्बन्धित रोग, मोटोपना, मधुमेहजस्ता रोगले सताउँछ ।
 
प्रशोधित खाद्य पदार्थ बनाउन यति धेरै रसायनहरूको प्रयोग गरिएका हुन्छन् कि हाम्रो भान्सासम्म आइपुग्दा यी खानाहरू पूर्ण रूपमा अस्वस्थ भइसकेका हुन्छन । यसको सेवनले हाम्रो लागि समस्या निम्त्याउँछन् । आजेका यस लेखमा हामीहरू हाम्रा भान्सामा पाइने सबैभन्दा हानिकारक खानेकुराबारे कुराकानी गर्न गइरहेका छौं ।
 
चिनी 
 
चिनी बिना हामीलाई आफ्नो भान्सा अधुरो/अपुरो लाग्छ छ । तर चिनी हाम्रो स्वास्थ्यको लागि मीठो विष हो । धेरै चिनी खाँदा क्यालोरीको मात्रा बढ्छ, जसले तौल बढ्न सक्छ । चिनी दाँतमा क्याभिटीको कारण पनि बन्न सक्छ । धेरै चिनी खाँदा इन्सुलिन प्रतिरोधी क्षमता बढ्छ, जसले टाइप २ मधुमेहको जोखिम बढाउँछ । अत्याधिक चिनीको सेवनले मुटु रोगको जोखिम बढ्न सक्छ । अत्यधिक चिनीको खपतले डिप्रेसन र चिन्ताको लक्षणहरू बढाउन सक्ने केही अध्ययनहरूले भनेका छन् । यसबाहेक चिनीको अत्यधिक सेवनले नङ र छालाको समस्या बढ्छ । चिनीको सट्टा भान्सामा सख्खरको प्रयोग गर्न सकिन्छ जुन प्राकृतिक र बढी लाभदायक छ ।
 
प्रशोधित तेल
 
बजारमा अधिकांश तेलहरू प्रशोधित हुन् । रिफाइन्ड तेल बढी हानिकारक हुन्छन् । प्रशोधित तेल, विशेष गरी ट्रान्स फ्याट भएका तेलहरूले हृदय रोग, स्ट्रोक र टाइप २ मधुमेहको जोखिम बढाउन सक्छ । यी तेलहरूको अत्यधिक सेवनले शरीरमा इन्फ्लेमेशन बढाउन सक्छ । जसले धेरै रोगहरू निम्त्याउँछ । प्रशोधित तेलमा पोषक तत्वको कमी हुन्छ । यसका कारण सन्तुलित आशारको कमी हुन सक्छ । यस्ता तेलमा उच्च क्यालोरी र फ्याट हुने भएकोले यसको सेवनले तौल पनि बढाउन सक्छ । प्रशोधित तेलको सट्टा कोलमा पसिएको तेल प्रयोग गर्न सकिन्छ । यो तेल तताइएको हुन्न, न त यसमा अरु केही चिज मिसाइएको हुन्छ ।
 
फलफूलको बट्टाबन्द जुस
 
हिजोआज हामी बट्टाबन्द फलफुलको जुस धेरै नै खान थालेका छौं । हरेक मानिसका घरमा फ्रिजमा फलफूलको जुस हुन्छ । यसरी बट्टा वा प्याकेटमा आउने फलफूलको जुस हाम्रो लागि खासै राम्रो हुँदैन । जुस बनाउँछदा यसबाट गुदी  निकालिएको हुन्छ जसका कारण यसमा माइक्रोन्यूट्रिएन्ट हुँदैन र पू्रmक्टोजको मात्रा बढ्छ । यसले रगतमा चिनीको साथै कयौं चीजहरू बढाउन सक्छ । त्यसैले प्याकेटमा बन्द भएर आउने फलफूलको जुसको सट्टा ताजा फलफूलको जुस फिल्टर नगरी पिउनुहोस् ।
 
रिफाइन्ट आटा वा मैदा
 
मैदा पूर्ण रूपमा प्रशोधन गरेर तयार पारिन्छ । यस क्रममा यसमा धेरै प्रकारका रसायनहरू थपिन्छन र यसले यसको पौष्टिक मूल्यलाई नष्ट त गर्छ नै संरचनालाई नै बिगारेर धेरै नोक्सान पनि गर्दछ । त्यसैले मैदाबाट बनेका चीजहरू प्रयोग गर्नु हुँदैन । अहिले बजारमा पाइने अधिकांश आटा प्रशोधित हुन् । यसको सेवनको कुनै फाइदा छैन । त्यसैले यसको सट्टा मोटो दाना भएका अन्नको पिठो वा कोदोलाई गहुँमा मिसाएर आफैंले मिलमा पिसेर ल्याएर रिफाइन्ड पिठोको सट्टा प्रयोग गर्नुहोस् ।
 
फ्रोजन तरकारी
 
सुपर मार्केटहरूमा उपलब्ध धेरै तरकारीहरू शून्य डिग्रीभन्दा तल भण्डारण गरिन्छ । हामी हाम्रो घरको फ्रिजमा धेरै तरकारीहरू पनि राख्छौं । यसरी तरकारी फ्रिजमा भन्डार गरेर राख्दा तरकारीबाट धेरै पोषक तत्व हटेर जान्छ । त्यसैले यी तरकारीका सट्टा ताजा तरकारी प्रयोग गर्नुस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप