टिकटक निर्माता बने चीनको सबैभन्दा धनी व्यक्ति
बुधबार, १४ कात्तिक २०८१, ०२ : ००
![टिकटक निर्माता बने चीनको सबैभन्दा धनी व्यक्ति](https://npcdn.ratopati.com/media/news/wealthy_NMBORnqxEO.jpg)
बेइजिङ । टिकटक निर्मातामध्येका एक झाङ यिमिङ चीनको सबैभन्दा धनी व्यक्ति बनेका छन् ।
हुरून रिसर्च इन्स्टिच्युटले टिकटकका संस्थापक यिमिङको सम्पत्ति ४९.३ विलियन अमेरिकी डलर रहेको अनुमान गरेको छ ।
जुन सन् २०२३ को तुलनामा ४३ प्रतिशतले बढी हो । र, तथ्यांकअनुसार योसँगै उनी चीनकै धनी व्यक्ति समेत बनेका छन् ।
उनले बनाएको सोसल मिडिया प्लेटफर्म टिकटक नेपालसहित धेरै देशहरूमा लोकप्रिय छ । तर, भारतलगायत देशहरूमा भने प्रतिबन्धित छ ।
यद्यपि इन्टरनेटका माध्यममार्फत व्यवसाय गर्दै आएका यिमिङको सम्पत्तिमा एकै वर्ष ४३ प्रतिशतले वृद्धि आउनुले चिनियाँ बजारमा तहल्का मच्चाएको छ ।
टिकटक सञ्चालक कम्पनी बाइटडान्सले गत वर्ष ६० प्रतिशतभन्दा बढी नाफा कमाएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाभा बचत तथा ऋण सहकारीको स्वतन्त्र अडिट सुरु, एक महिनामा प्रतिवेदन बुझाउन महानगरको निर्देशन
-
कंगोमा जेलब्रेकका दौरान १५० भन्दा बढी महिलाको कैदीको बलात्कारपछि हत्या
-
नागरिकप्रति उत्तरदायी हुन मन्त्री महर्जनको निर्देशन
-
लदि पर्वमा बिदा माग गर्दै मुख्यमन्त्री लामालाई ज्ञापनपत्र
-
‘काठमाडौँ विश्वविद्यालयको रिफर्म गर्नुपर्ने अवस्था आयो’
-
रियलका लिजेन्ड मार्सेलोद्वारा फुटबलबाट संन्यासको घोषणा