आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
इजरायल-हिजबुल्लाह द्वन्द्व

हिजबुल्लाहको प्रमुखमा चुनिए नइम कासिम : जो युद्धबिराम चाहान्छन्

बुधबार, १४ कात्तिक २०८१, ०२ : १०
बुधबार, १४ कात्तिक २०८१

बेरूत । लेबनानी राजनीतिक समूह हिजबुल्लाहको प्रमुखमा नइम कासिम चुनिएका छन् । 

एकपछि अर्को गरी शीर्ष नेताहरूको निधनपछि संगठनको उपमहासचिवका रुपमा कार्यरत रहेका कासिमलाई हिजबुल्लाहले नयाँ प्रमुखमा चुनेको हो । 

कासिमले अब लामो समयदेखि हिजबुल्लाहको प्रमुख रहेका हसन नसरल्लाहको स्थान लिनेछन्। नसरल्लाहको गत महिनामात्रै इजरायली आक्रमणमा परी राजधानी बेरुतमा निधन भएको थियो । 

कासिम हिज्बुल्लाहका केही वरिष्ठ नेताहरूमध्येका एक नेता हुन् । लेबनानमा इजरायलले आक्रमण बढाइरहेका बेला हिजबुल्लाहले नयाँ नेता घोषणा गरेको हो । 

नेता चुनिएका कासिम विगत ३० वर्षदेखि हिजबुल्लाहका उपमहासचिव थिए । उनी हिजबुल्लाहका चर्चित नेताहरूमध्येका एक थिए। यद्दपि उनकोबारेमा सञ्चारमाध्यमहरूले धेरै खुलाएका छन् । यति सम्म कि उनी हाल कहाँ बस्छन् भनेर समेत विस्तृत जानकारी छैन । 

केही सञ्चारमाध्यमहरुले भने कासिम इरानमा रहेको उल्लेख गरेका छन् । इरान हिजबुल्लाहको प्रमुख समर्थक हो।  केही सञ्चारमाध्यमहरूले कासिमले इजरायलसँग युद्धविराम चाहेको समेत उल्लेख गरेका छन् । 

बीबीसीले उल्लेख गरेअनुसार नसरल्लाह मारिएपछि, हाशिम सफिद्दिनले हिजबुल्लाहको कमान्ड लिने थियो । तर अक्टोबर २२ मा इजरायलले भने कि सफीद्दिन पनि मारिएको थियो। 

इजरायलको घोषणा हुनुभन्दा तीन साताअघि सैफिदिनको हवाई आक्रमणमा मृत्यु भएको थियो।

अहिले पनि इजरायलले हिजबुल्लाहको पूर्वाधार र त्यहाँका जनतामाथि आक्रमण गर्न छोडेको छैन । सोमबार राति इजरायली सेनाले लेबनानको बेका उपत्यकामा आक्रमण गरेको थियो । यो क्षेत्र हिजबुल्लाहको बलियो गढ मानिन्छ।

लेबनानको स्वास्थ्य मन्त्रालयले सोमबार राति इजरायली आक्रमणमा कम्तीमा ६० जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको जनाएको छ । 

Capture

इजरायली सेनाले यस आक्रमणको बारेमा अहिलेसम्म कुनै जानकारी दिएको छैन। इजरायलले लेबनानसँगको सीमामा सुरक्षा चिन्ताका कारण विस्थापित नागरिकहरूलाई पुनर्वास गर्ने प्रयास गरिरहेको छ। हिजबुल्लाहले इजरायलसँगको सीमामा बारम्बार आक्रमण गर्दै आएको छ।

विगत एक वर्षदेखि गाजामा जारी युद्धका क्रममा इजरायलले हिजबुल्लाहमाथि कडाई गरेको छ । सरकारी अधिकारीहरूका अनुसार आक्रमणका कारण गत वर्ष २ हजार ७ सय जनाको मृत्यु भएको छ भने १२ हजार ५ सय घाइते भएका छन् । 

हिजबुल्लाहले यो एक वर्षमा इजरायलमा हजारौं रकेट र ड्रोनले आक्रमण गरेको छ। हिजबुल्लाहको आक्रमणमा कम्तीमा ५९ जना इजरायली मारिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप