श्रीलंकाद्वारा सन् २०३० सम्ममा सेवा क्षेत्रको राजस्व बढाउने लक्ष्य
बुधबार, १४ कात्तिक २०८१, ०२ : ००

कोलम्बो । श्रीलंकाको निर्यात विकास बोर्ड (इडीबी) ले सन् २०३० सम्ममा सेवा क्षेत्रको राजस्व पाँच अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ ।
योजनाले सफ्टवेयर इन्जिनियरहरूको सङुख्या बढाउने, प्रमुख संस्थाहरूलाई एकीकृत गरेर स्वीकृति प्रक्रियालाई सुव्यवस्थित गर्ने र डलर राजस्व बढाउन नयाँ बजारहरूमा पहुँच गर्न निर्यातकर्ताहरूले सामना गर्ने विद्यमान चुनौतीहरूलाई कम गर्ने समावेश गर्दछ ।
श्रीलंकाको सेवा क्षेत्रको राजस्व सन् २०२३ मा करिब तीन अर्ब पुग्ने अपेक्षा गरिएको थियो । यसमा आईसीटी क्षेत्रको योगदान करिब एक अर्ब रहेको छ ।
देशले हाल दुई हजार ९०० उत्पादनहरू निर्यात गरेको छ । इडीबी ले सन् २०३० सम्म यसलाई पाँच हजार पुर्याउने लक्ष्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मलाई धर्म परिवर्तन गर्न कहिल्यै दबाब दिइएन’
-
निर्देशक रामगोपाल वर्माविरुद्ध अर्को उजुरी दर्ता, धार्मिक भावनामा चोट पुर्याएको आरोप
-
अझै समस्यामा समय, ‘इन्डियाज गट लेटेन्ट’ का सबै प्यानलहरूलाई बोलाइयो
-
तीव्र हावाहुरीले उत्तरी चीन प्रभावित, सयौँ उडान रद्द, पार्क र रेल सेवा स्थगित
-
शिक्षकहरूको आन्दोलन ११ औँ दिनमा : माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन
-
मनकुमार तामाङ