युक्रेन र दक्षिण कोरियाबीच सुरक्षा सहयोग सुदृढ बनाउने सहमति
कियभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलसँग रुसले युक्रेनमा आक्रमण बढाउन उत्तर कोरियाली सेना तैनाथ गरेको विषयमा छलफल भएको छ । उनीहरूले दुई देशबीच सुरक्षा सहयोग सुदृढ पार्ने सहमति भएको बताएका छन् ।
मस्कोको आक्रमण प्रयासलाई बलियो बनाउन हजारौं उत्तर कोरियाली सैनिकलाई रुसमा स्थानान्तरण गरेकोमा युक्रेनका सहयोगीबीच चिन्ता बढ्दै जाँदा दुई देशका शीर्ष नेताबीच टेलिफोन वार्ता भएको हो ।
'हामीले युक्रेनमा रुसी आक्रमणलाई सघाउन उत्तर कोरियाली सैन्य बलको संलग्नता बारे छलफल गर्यौं। निष्कर्ष स्पष्ट छः यो युद्ध अन्तर्राष्ट्रियकरण हुँदै गइरहेको छ, दुई देशभन्दा बाहिर फैलिएको छ,' जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
यसैबिच राष्ट्रपति युनले उत्तर कोरियाली सेनाको स्थानान्तरणलाई अभूतपूर्व र खतरनाक भनेर वर्णन गरे ।
जेलेन्स्की र युनले दक्षिण कोरिया र युक्रेनले दुई देशबीचको सुरक्षा सहयोगलाई सुदृढ बनाउन एक अर्काको देशमा प्रतिनिधिमण्डल पठाउने कुरा पुष्टि गरे ।
राष्ट्रपति युनले दक्षिण कोरियाले 'युक्रेनका जनताका लागि थप सहयोगका उपायहरू खोज्न सहकार्य गर्ने र शान्तिलाई समर्थन गर्न जारी राख्ने बताए ।
उत्तर कोरियाली विदेशमन्त्री चोए सोन हुई आधिकारिक भ्रमणका लागि रुस आइपुग्नु भएपछि उनीहरुबीच नेताहरूको टेलिफोन कलको खबर आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना
-
प्रहरीका २२९ जना वरिष्ठ हवलदार असईमा बढुवा सिफारिस (सूचीसहित)
-
भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
-
दुर्गा प्रसाईँलाई वीर अस्पताल लगियो
-
सर्वसाधारण भन्छन्– धरहराको शुल्क बढी भयो
-
मिनी संसद्को दुःख : एकातिर विधेयकको थुप्रो, अर्कातिर कोरम नपुगेर बैठक बस्नै समस्या