बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
क्रिकेट

स्कटल्याण्डले नेपाललाई दियो १५५ रनको लक्ष्य

बुधबार, १४ कात्तिक २०८१, ०० : ३५
बुधबार, १४ कात्तिक २०८१

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत डालासस्थित ग्राण्ड प्रेरी मैदानमा जारी खेलमा स्कटल्याण्डले नेपाललाई १५५ रनको लक्ष्य दिएको छ। 

टस जितेर बलिङ रोजेको नेपालले उत्कृष्ट बलिङ गर्दै स्कटल्याण्डलाई १५४ रनमा रोकेको हो । स्कटल्याण्डले ४१.४ ओभरमा सबै विकेट गुमाएर १५४ रन बनायो । नेपालले जितका लागि अब ५० ओभरमा १५५ रन बनाउनुपर्नेछ । 

आजको खेलमा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । नेपालबाट १० ओभर फुल कोटा बलिङ गर्ने एक्ला बलर सन्दीपले १ मेडन राख्दै ४५ रन खर्चे ।

465002419_985018076987906_6693723870766295706_n

यस्तै, करण केसी, सोमपाल कामी र गुल्सन झाले २-२ विकेट लिए । करणले  ९ ओभरमा १ मेडन राख्दै २६ तथा गुल्सनले ९ ओभरमा ३३ रन खर्चिए । ८.४ ओभर बलिङ गरेका सोमपालले १ मेडन राख्दै ३२ रन खर्चिए ।  आरिफ शेखले ३ ओभरमा ९ रन खर्चेर १ विकेट लिए ।

स्कटल्याण्डका लागि आठौं नम्बरमा ब्याटिङ गरेका मार्क वाटले सर्वाधिक ३४  रन बनाए । ४० बल खेलेका उनले ३ छक्का प्रहार गरे । स्कटिङ इनिङ्समा छक्का प्रहार गर्ने उनी एक्ला खेलाडी थिए ।

कप्तान रिची बेरिङ्गटन र माइकल जोन्सले समान १९ रन जोडे । ब्राण्ड म्याकुमलेनले १६, म्याथ्यु क्रसले १५, आन्द्रे उमिद र माइकल लिस्क समान १४ रन बनाएर आउट भए ।

ब्राड ह्विल ९ रनमा आउट भए भने ओपनर चार्ली टियर र ज्याक जर्भिसले खाता खोल्न सकेनन् ।

464969664_984943083662072_2091035274674136123_n

464909716_984943023662078_5172350291200949751_n

465105962_985018283654552_1952419283423181029_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप