१२ बजे, १२ समाचार : 'कुलमान हटाउनेबारे मन्त्रिपरिषद्मा छलफल नभएको' देखि 'रविलाई छुटाउन रास्वपा नेताहरू सुटुक्क बालुवाटार पुगेको' सम्म
पछिल्ला २४ घण्टामा विकसित मुख्य–मुख्य घटनाक्रमहरूको संगालो रातको १२ बजे रातोपाटी डटकमको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ प्रस्तुत गरेका छौँ :-
१. रास्वपाको दबाब
पार्टी सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बालुवाटार केन्द्रित प्रदर्शन गरेको छ । सहकारी ठगी प्रकरणमा कात्तिक २ मा लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएकोमा मंगलबार बालुवाटार केन्द्रित प्रदर्शन गरेको हो । मंगलबारै रास्वपाका नेताहरूले प्रधानमन्त्री र गृहमन्त्रीसँग अर्थपूर्ण भेटवार्ता गरेका छन् ।
काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनबारे काठमाडौँ प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरी वृत्त कालिमाटीको फाइल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा झिकाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान आज (मंगलबार) भएन । सोमबार करिब साढे ८ घण्टा बयान लिएको प्रहरीले मंगलबार स्थगित गरेको हो ।
३. सहमति
गृह मन्त्रालय र निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीको विषयलाई लिएर गत साउन २५ गतेदेखि आन्दोलनरत रुबी खान र गृह मन्त्रालयबिच ३ बुँदे सहमति भएको छ ।
४. छैन उत्साह
तिहारको माहौल सुरु भएसँगै बजारमा किनमेल गर्नेको घुइँचो देखिन थालेको छ । बजारमा माग बढेसँगै खुद्रा तथा थोक व्यवसायीले सामानको ‘सप्लाइ’ बनाएका छन् । थोक व्यवसायीहरूले तिहारका लागि लक्षित सामाग्री यसअघि नै आयात गरिसकेका छन् ।
५. बालोन डी’ओर
विश्व फुटबलका सर्वोत्कृष्टहरूलाई प्रदान गरिने सबैभन्दा प्रतिष्ठित अवार्ड हो, बालोन डी’ओर । फ्रान्सको राजधानी सहर पेरिसमा सोमबार राति आयोजित एक भब्य समारोहबिच यस वर्षको अवार्ड कार्यक्रम सम्पन्न भएको छ ।
सन् २०२४ मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा यसपटक म्यानचेस्टर सिटीका स्पेनिस खेलाडी रोड्रीले पुरुषतर्फको बालोन डी’अर अवार्ड हात पारे । २८ वर्षीय मिडफिल्डर रोड्रीले पहिलो पटक बालोन ड’ओर अवार्ड जितेका हुन् ।
६. धनतेरस
बिहान ८ बजेदेखि नै सर्वसाधारणहरू बबरमहलस्थित नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाको कार्यालयको गेट अगाडि लाइन बसेका थिए । राष्ट्र बैंकले मंगलबार १ दिन मात्र सर्वसाधारणका लागि २ दशमलव ५ ग्रामको सुनको असर्फी बिक्री गर्ने सूचना जारी गरेपछि सुनको असर्फी किन्न सर्वसाधारणको भीड लागेको थियो । बैंकले आइतबारदेखि नै १० ग्राम तथा २५ ग्रामको चाँदीको असर्फी बिक्री भने जारी राखेको थियो ।
७. जग्गा विवाद
‘दान’को जग्गामा पार्टी कार्यालय भवन निर्माण गर्ने निर्णयविपरीत अभिव्यक्ति दिएपछि स्पष्टीकरण सोधिएका दुई नेतालाई तत्काल कारबाही गर्नबाट नेकपा एमाले पछाडि हटेको छ । स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई दाने जग्गाबारे पार्टी निर्णयविपरीत अभिव्यक्ति दिएको र फेसबुकमा लेखेको भन्दै एमालेले सात दिने स्पष्टीकरण सोधेर कारबाहीको तयारी गरेको थियो ।
८ . विनाधितो ऋण
वैदेशिक रोजगारीमा जाने श्रमिकले बैंकमार्फत विनाधितो ऋण पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यसका लागि कार्यविधि बनाउँदैछ । वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई विनाधितो ऋण उपलब्ध गराउने सम्बन्धी कार्यविधिको मस्यौदा तयार पारेर मन्त्रालयले सरोकारवालासँग छलफल अगाडि बढाएको छ ।
९. तिहार
काठमाडौँको पुरानो र निकै व्यस्त मध्येको एक बजार हो असन- इन्द्रचोक । अरू बेला पनि व्यस्त प्राय रहने यहाँको बजार तिहार आएसँगै झनै व्यस्त बनेको छ ।
१०. बदाम र काजु आयात
तिहारमा भाइमसलामा प्रयोग हुने काजु, बदाम, पेस्ता लगायतका ड्राइफ्रुट्स शतप्रतिशत बाहिरी मुलुकबाट आयात हुँदै आएका छन् । भन्सार विभागको तथ्यांकअनुसार यो वर्ष भियतनाम, नाइजेरिया लगायतका १५ देशबाट एक अर्बभन्दा बढीको ड्राइफ्रुट्स आयात भएको छ।
११. बचत फिर्ता अभियान
सरकारले समस्याग्रस्त सहकारीको बचत फिर्ता अभियान सुरु गर्ने घोषणा गरेको छ । जस अनुसार त्यस्ता सहकारीका बचतकर्ताले जम्मा गरेको रकममध्येबाट एक लाख रुपैयाँसम्म फिर्ता पाउने भएका हुन् ।
१२. नेपालको राजनीतिबारे देवेन्द्रराज पाण्डेसँग कुराकानी
नेपाली सार्वजनिक वृत्तमा सम्मानित र पाको पुस्तामा पर्ने डा. देवेन्द्रराज पाण्डेलाई कसैले पञ्चायती व्यवस्थामा हुर्किएको विद्रोही अर्थ–सचिवका रूपमा चिन्छन् त कोही बहुदल स्थापनापछिको अर्थमन्त्रीका रूपमा । कोही लोकतान्त्रिक चेतनाका वाहकका रूपमा बुझ्छन् त कोही नागरिक अगुवाका रूपमा । मुलतः उनी पश्चिमा विश्वविद्यालयको ज्ञान प्रणालीमा दीक्षित भइ नेपाली समाजको उन्नतिका लागि चिन्तन गरी जीवन बिताएका झर्रो अर्थशास्त्री र चिन्तक हुन् । पढ्नुहोस् उनीसँगको कुराकानी।
अन्य समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रवि लामिछाने अझै दुई साता हिरासतमै रहनेदेखि बालेनको पत्र बुझ्न एमालेको अस्वीकारसम्म
-
सार्क राष्ट्रबिच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ
-
रूखले च्यापिएर एकको मृत्यु, दुई जना गम्भीर घाइते
-
जनकपुरधाममा विवाहपञ्चमीको तयारी सुरु
-
सवारी दुर्घटनामा दम्पतीको मृत्यु
-
दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना