मध्यरातमा प्रधानमन्त्री ओलीले लेखे 'मन र मस्तिष्कको द्वन्द्व'

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि निर्णय लिनुभन्दा पहिले मस्तिष्कसँग परामर्श गर्नु उपयुक्त हुने बताएका छन् ।
मंगलबार राति सामाजिक सञ्जालमा मन र मस्तिष्कको 'टग अफ वार' बारे भिडियो सन्देश राख्दै प्रधानमन्त्री ओलीले मस्तिष्कले सधैँ दीर्घकालीन परिणामलाई हेरेर निर्णय गर्ने बताएका छन् ।
'मन तुरुन्तै आनन्दको खोजीमा हुन्छ, मस्तिष्क भने दीर्घकालीन परिणामलाई हेरेर निर्णय गर्छ । मनले स्वच्छन्दता खोज्छ, तर मस्तिष्कले स्थायित्व खोज्छ,' ओलीले भनेका छन्, 'मस्तिष्क सदैव दीर्घकालीन हुन्छ र मन क्षणिक । यही हो मन र मस्तिष्कको द्वन्द्व, ‘टग अफ वार’ । जब मनले तिमीलाई केही गर्न आदेश दिन्छ, एकछिन रोकिएर मस्तिष्कसँग परामर्श गर । मस्तिष्कसँगको परामर्शपछि मात्र निर्णय लेऊ । अनि यहीँबाट सही निर्णयको मार्ग प्रस्फुटित हुन्छ ।'
प्रधानमन्त्री ओलीले राखेको भिडिओ सन्देश : -
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डद्वारा रुपन्देहीको जमुहानी पोखरा ताल पार्कको शिलान्यास
-
उपाध्यक्ष साहले बुझाए स्पष्टीकरण, आरोप प्रमाणित गर्न सिके राउतलाई चुनौती
-
‘लोकतान्त्रिक गणतन्त्रको विकल्प जनगणतन्त्र हो, राजतन्त्र होइन’
-
‘निजीकरण (पहिलो संशोधन) विधेयक २०८१’ प्रतिनिधिसभामा प्रस्तुत
-
विद्यालयहरू आजीवन कम्पनीमा रहनुपर्छ : नवनिर्वाचित अध्यक्ष अधिकारी
-
निजीकरण विधेयकमाथिका विरोधका सूचना बहुमतले अस्वीकृत