किरण राणा र सुन्दर ह्योजुलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । मन्त्रिपरिषद्को निर्णयबाट नेपाल प्रहरीको एआईजी पदमा बढुवा भएका किरण राणा र डा. सुन्दर प्रसाद ह्योजुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले उनीहरूलाई मंगलबार साँझ फुली लगाइदिएका हुन् ।
मंगलबार नै मन्त्रिपरिषद्ले उनीहरूलाई एआईजीमा पदोन्नति गर्ने निर्णय गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत राणा र प्रहरी अस्पतालका डीआईजी ह्योजुलाई कार्तिक ४ मा बढुवा समितिले एआईजीमा बढुवा सिफारिस गरेको थियो । राणा जनपद तर्फ र ह्योजु प्राविधिक समूहका हुन् ।
बढुवासँगै डा. ह्योजु प्रहरी अस्पतालको प्रमुख भएका छन् । राणा दुई दिनमा अर्थात कार्तिक १५ मा अवकाशमा जाँदैछिन् । तिहार बिदाका कारण उनको बुधवार साँझ बिदाइ हुनेछ । उनी राणा आईजीपी वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेकी थिइन् । उनी ५६ वर्षे उमेर हदका कारण अवकाश हुन लागेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने