आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

विपद् प्रभावित बेथानचोक गाउँपालिकालाई अष्ट्रेलियाबाट ३ लाख सहयोग

मङ्गलबार, १३ कात्तिक २०८१, २२ : ०६
मङ्गलबार, १३ कात्तिक २०८१

हेटौंडा । अष्ट्रेलियामा रहेका नेपाली र अष्ट्रेलियन नागरिकले विपद् प्रभावित बेथानचोक गाउँपालिकालाई आर्थिक सहयोग उपलब्ध गराएका छन् । 

बेथानचोक घर भएका अष्ट्रेलिया निवासी सुवोध अधिकारीको पहलमा अष्ट्रेलियामा रहेका नेपाली र अष्ट्रेलियन नागरिक समेतबाट संकलित ३ हजार १६८ डलर  (३ लाख ९ सय ६० रुपैयाँ) बेथानचोक गाउँपालिकालाई सहयोग गरिएको हो । 

मंगलबार एक कार्यक्रमबिच स्थानीय पवन अधिकारी, शंकर पराजुलीले उक्त रकम गाउँपालिका अध्यक्ष भगवान अधिकारीलाई हस्तान्तरण गरेका थिए । 

विपद् प्रभावित र जोखिम न्यूनीकरण तथा पुनः निर्माणका लागि सो सहयोग उपलब्ध गराइएको हो ।

सहयोग ग्रहण गर्दै गाउँपालिका अध्यक्ष अधिकारीले सबैको साथ र सहयोगले बेथानचोकलाई पुरानै लयमा फर्काउने प्रतिबद्धता जनाए । 

हस्तान्तरण कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष पुरुषोतम तिमिल्सना, वडा नम्बर ३ का अध्यक्ष कुवेर ढकाल, प्रमुख प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी लगायतको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप