मुलुक निर्माणका लागि सुशासनमा जोड दिन आवश्यक : अध्यक्ष यादव
मङ्गलबार, १३ कात्तिक २०८१, २१ : ३९

सुनसरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक निर्माणका लागि सुशासनमा जोड दिन आवश्यक रहेको बताएका छन् ।
सुनसरीस्थित देवानगञ्ज गाउँपालिकामा जसपा नेपालले आयोजना गरेका दीपावली, छठ, सामा-चकेवा पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले विकास र समृद्धिका लागि हरेक क्षेत्रमा सुशासन र पारदर्शिता आवश्यक रहेको बताए ।
अध्यक्ष यादवले आफ्नो पार्टीले सङ्घीयता र समावेशीसहितको उपलब्धिको रक्षा, मधेसी, मुस्लिम, आदिवासी, जनजाति, पिछडिएको क्षेत्र र समुदायका आवाज उठाएको धारणा राखे ।
कार्यक्रममा जसपा सुनसरी अध्यक्ष भगिरथ खत्वे, देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहता, पूर्वशिक्षा राज्यमन्त्री प्रमीला यादवसहितको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुस–युक्रेन युद्धमा मारिएका पूर्ववडाध्यक्षको किरिया गर्दै वृद्ध बुवा
-
चिकित्सकको लापरवाहीले म्याराडोनाको मृत्यू भएको दाबी, सातजनाविरुद्ध मुद्दा चलाइँदै
-
गणेश थापाद्वारा एन्फा महासचिव राईविरुद्ध मुद्दा दायर
-
प्रतिक्रान्तिकारीहरूलाई पूरै परास्त गर्ने जिम्मा क्रान्तिकारीको काँधमा आएको छ: प्रचण्ड
-
कृषिको व्यवसायीकरण र पर्यटन प्रवर्द्धन हुने गरी सडक सञ्जाललाई अघि बढाएका छौँ –मन्त्री दाहाल
-
साउदीमा महत्त्वपूर्ण वार्ता अघि युक्रेनले सयौँ ड्रोनले मस्कोमाथि गर्यो हमला