डेडिकेटेड र ट्रंक लाइन विवाद : कुलमानको पक्षमा सुनायो उच्च अदालत जनकपुरले आदेश
मङ्गलबार, १३ कात्तिक २०८१, २१ : १२

काठमाडौँ । उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काटेको विद्युत् कायम गर्ने पक्षमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
हुलास स्टिलका तर्फबाट हिमांसु गोल्छाले दायर गरेको रिटमा उच्च अदालतले मंगलबार अन्तरकालीन अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । डेडिकेटेड र ट्रंक लाइन महशुस नतिरेको भनी प्राधिकरणले हुलास स्टिलको लाइन कात्तिक ८ गते काटेको थियो ।
प्राधिकरणको उक्त निर्णयविरुद्ध गोल्छा उच्च अदालत पुगेका थिए । उच्च अदालतका न्यायाधिशद्वय नीलम पौडेल र अर्जुन महर्जनको संयुक्त इजलासले प्राधिकरणले लाइन विच्छेद गरेकाले अन्तरकालीन आदेश जारी गर्न नपर्ने आदेश गरेको हो । अदालतको यो आदेशपछि प्राधिकरणले लाइन काटेको निर्णय सदर भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजसंस्था फर्काउँछु भन्नु र देहत्याग गरेका हजुरबालाई फर्काउँछु भन्नु उस्तै हो'
-
महिला तथा बालबालिकाका नाममा संघसंस्थाले लगे १ अर्ब २२ करोड
-
तौल घटाउन दही खाने कि मोही ?
-
योगी आदित्यनाथ बन्लान् नरेन्द्र मोदीको उत्तराधिकारी ?
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बाढीले क्षतिग्रस्त सडकको ठेक्का खुल्यो, पुलको किन खुलाइएन ?