बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

राजस्व चुहावट नियन्त्रण गर्न तीन विभागको संयुक्त रणनीति

मङ्गलबार, १३ कात्तिक २०८१, २० : ५९
मङ्गलबार, १३ कात्तिक २०८१

काठमाडौँ । राजस्व चुहावट नियन्त्रणका लागि राजस्व प्रशासनतर्फका तीन विभागले संयुक्त रणनीति तयार गर्ने भएका छन् ।

यस क्षेत्रका तीन विभागहरू आन्तरिक राजस्व, भन्सार र राजश्व अनुसन्धान विभागका महानिर्देशकसहित अर्थ मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरूको बैठकले यस्तो निर्णय गरेको हो । 

यस अन्तरगत विभागीय समन्वय बढाउने, सूचना आदानप्रदान गर्ने तथा सहकार्यलाई थप मजबुत बनाउने निर्णय गरिएको अर्थ मन्त्रालयले जनाएको छ । 

साउन महिनामा २० प्रतिशत बढेको राजस्व भदौ र असोजमा घट्दै गएको छ । असोजमा यस्तो राजस्व ५ प्रतिशत हाराहारीमा मात्रै बढेको देखिन्छ । यसको कारण राजस्व चुहावट रहेको निष्कर्षसहित रणनीति तयार गरिएको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप