मन्त्रिपरिषद् बैठक
राष्ट्रपतिको बाकु भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
मङ्गलबार, १३ कात्तिक २०८१, २० : ५४
_0vOSyEJDNq.jpg)
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको बाकु भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधि मण्डल कात्तिक २५ गते ५ दिने भ्रमणका लागि अजरबैजानको बाकु जाने भएको हो ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए ।
बाकुमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलनमा भाग लिन राष्ट्रपति पौडेल नेतृत्वको टोली त्यसतर्फ जान लागेको हो । राष्ट्रपति नेतृत्वको भ्रमण टोलीको खर्च नेपाल सरकारले बेहोर्ने निर्णय पनि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत