रविसहितको समूहले सहकारीको पैसा लगेर चाँडै धनी हुने सपना देखे : महासचिव पोखरेल
चितवन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले नेतृत्वको सरकारले रवि लामिछानेमाथि अन्याय नगरेको बताएका छन् । सबै दल मिलेर बनेको संसदीय छानबिन समितिले दिएको प्रतिवेदनको कार्यान्वयन मात्र सरकारले गरेको बताउँदै उनले एमालेले कुनै प्रतिसोधको राजनीति नगरेको दाबी गरेका हुन् ।
एमाले चितवनको जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले व्यक्ति केन्द्रित भएर छानबिन समिति नबनाऊँ भन्ने पार्टी एमाले नै भएको स्मरण गर्दै उनले त्यतिखेर रास्वपाले नै छानबिन समिति बनाउँदा हुन्छ भनेको स्मरण गराए । उक्त छानबिनसमितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा रवि लामिछाने पक्राउ परेको उनले कार्यकर्तामाझ स्पष्ट पारे ।
उनले रवि लामिछानेले चलाएको नयाँ खोज्ने हिप्नोटिजमको शिकार चितवन भएको बताएका छन् । उनले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ गरेको चितवन रवि लामिछानेको स्टन्टबाजी र हिप्नोटिजमको शिकार भएको जिकिर गरे।
एमालेले नयाँ सोच बनाएर ल्याएको नेतालाई परीक्षणको मौका नदिई खराब हुन् भन्दा जनताले पत्याउँदैनन् भनेर पटकपटक काम गर्ने मौका दिएका बताए । त्यही मौका दिन रवि लामिछानेलाई दुई-दुई पटक एमालेले नै पहलकदमी लिएर गृहमन्त्री बनाएको बताए । ‘त्यो समय उनले के काम गरे भन्ने कुरा चितवनकै जनताले पनि निकै छिटो थाहा पाउनुभयो भन्ने लाग्दछ,’ उनले भने ।
उनले रवि लामिछानेसहितको समूहले संगठित रूपमा सहकारीको पैसा गोरखा मिडियामा लगेर चाँडै धनी हुने सपना देखेको बताएका छन् । सहकारीको मान्यता विपरीत सहकारीको पैसालाई कम्पनीतर्फ डाइभर्ट गर्ने सुनियोजित षड्यन्त्र भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वायु प्रदूषण बढेको भन्दै वातावरण विभागले दियो यस्तो सुझाव
-
राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दरखास्त आह्वान
-
नुन्थर घाटमा १ लाख माछाको भुरा छोडियो
-
‘मिस इन्टरकन्टिनेन्टल’मा भाग लिन इजिप्ट उडिन् आयुष्नोभा
-
समय नखुलेको इ–हाजिरी पेस गरी खाजा भत्ता भुक्तानी
-
पेरुको ‘ग्राण्ड कल्चर रनवे’मा नेपालको प्रतिनिधि वसन्त र प्रशंसा