शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

मङ्गलबार, १३ कात्तिक २०८१, २० : २३
मङ्गलबार, १३ कात्तिक २०८१

कपिलवस्तु ।  बुद्धभूमि नगरपालिका-२ पुरेनास्थित सडकमा लु.१ ख ९०९२ नम्बरको बसले लु.६६ प ४८७५ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार बुद्धभुमी नगरपालिका-३ धनचौरा बस्ने १८ वर्षीय पवन थापाको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको चौराहा अस्पताल बुटवलमा उपचार भइरहेको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप