लागु औषधसहित तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ र झापाबाट लागु औषधसहित ३ जना पक्राउ परेका छन् ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३१ ग्राम सहित धादिङ गल्छी गाउँपालिका-७ बस्ने २८ वर्षीय कुमार थापालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ४७९६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापाको भद्रपुर नगरपालिका-५ मेची पुलबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३२ मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा लहान नगरपालिका-१२ बस्ने २० वर्षीय अनिष चौधरी र २३ वर्षीय जिबछ चौधरी रहेका छन् । प्रहरी बिट मेची पुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा गोली चल्यो
-
मदन भण्डारीको सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहोर्याउनु पर्ने बेला भयो : विद्या भण्डारी
-
मुस्ताङ घुम्ने विदेशी पर्यटकको सङ्ख्या बढ्दै, गत वर्ष कतिले गरे भ्रमण ?
-
विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र हो : राष्ट्रपति पौडेल
-
‘म ‘फलानो चोर, देश छोड’को पक्षमा छैन’
-
मुस्ताङका स्थानीय तहलाई अपाङ्गता सहायता सामग्री हस्तान्तरण