सुनजस्तो देखिने धातुसहित पक्राउ
मङ्गलबार, १३ कात्तिक २०८१, २० : १४

रुपन्देही । बुटवल उपमहानगरपालिका-८ रामनगरबाट करिब ३० तोला तौलको बिस्कुट आकारको सुन जस्तो देखिने धातु २ थानसहित एक जना पक्राउ परेका छन् । कपिलवस्तु वाणगंगा नगरपालिका-८ चप्परगाउँ बस्ने ३३ वर्षीय अकबर अलि मियालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले कृष्णनगर कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु.२ ख ६५४२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसको अगाडी बनोट माथि सोही बसका सहचालक अकबरको झोलाभित्र रहेको उक्त तौलको धातु फेला पारी पक्राउ गरिएको प्रहरीको भनाई छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियन क्रिकेट टोलीका पूर्व उपकप्तानको निधन
-
प्रधानमन्त्रीसँग भारतीय विद्युतमन्त्रीको भेट
-
गृहमन्त्रीले भने, ‘तीनकुने घटनाबारे आन्तरिक छानबिन हुँदैछ’
-
कर्मनाशा खोलाको बगर नै व्यक्तिको नाममा ल्याएर बेच्ने ८ जना धरौटीमा रिहा
-
पहलगाम आक्रमणमा मोहम्मद युनुसले दिए यस्तो प्रतिक्रिया
-
पहलगाममा आतंकवादी हमलाः ओली र मोदीबीच टेलिफोन संवाद