धन्तेरसमा पनि जोगमनीमै आकर्षण, तस्बिरहरु
_HxbezuPm1X.jpg)
विराटनगर । तिहार पर्वको सुरुवाती दिन धन्तेरसमा विराटनगरसँग जोडिएको भारतीय बजार जोगवनीमा नेपालीको भीड थामिनसक्नु देखिएको छ । जोगवनीमा मंगलबार बिहानैदेखि भीड देखिएको स्थानीय बताउँछन् ।
घरायसी खाद्यान्नका सामान, लेडिज आइटम तथा जुत्ता चप्पल किनमेलका लागि जोगवनी जाने नेपालीको भीड लाग्ने गर्छ । यस्तै तिहारमा माटोको दियोदेखि इलेक्ट्रिक झिलिमिली बत्ती, भाँडाकुँडाको सामान किन्न जानेको पनि उत्तिकै भीड छ । किनमेलका लागि त्यहाँ पुगेका नेपालीको भीडका कारण बाटोमा आवतजावत गर्ने साना सवारी साधन सहज ढंगले चल्न सकेका छैनन् ।
प्रत्येक पसलहरूमा नेपालीहरूको भीड छ । कपडाका पसलदेखि खाद्यान्नको आइटम, मोबाइल तथा कस्मेटिक पसलहरूमा उत्तिकै भीड देखिन्छ । नेपालबाट किनमेलका लागि जोगवनी जानेहरूको ताँती र सामान लिएर नेपालतर्फ आउँदै गरेका नेपालीहरू अत्यधिक देखिन्छन् । प्रत्येकजसो पसलमा दर्जनसम्म कामदारहरू राखेर व्यापारीले आफ्नो व्यापार गरिरहेका छन् । काउन्टरमा नेपाली रुपैयाँ बुझाउनेको लाइन देखिन्छ ।
विराटनगरमा पनि पसलहरूमा किनमेल गर्ने मानिसको कमी छैन । यद्यपि जोगवनीमा जस्तो भीड भने नदेखिएको व्यापारी बताउँछन् । विराटनगरको सेन्टरमल, भाटभटेनी जस्ता सुपरमार्केटहरुमा भने मानिसको चाप अत्यधिक देखिन्छ । जोगवनी बजारको लामो इतिहास नभएपनि अहिले भने ठूलाठूला महल तथा सपिङ सेन्टरहरु खुलिरहेका छन् । जोगवनीको बजार भन्दा विराटनगरको बजार ठुलो छ । यसर्थ विराटनगरको भन्दा जोगवनीमा बढी व्यापार हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक