सुनको असर्फीमा राष्ट्र बैंकको ७५० रुपैयाँ ज्याला
मङ्गलबार, १३ कात्तिक २०८१, १८ : २१
_8LNgU5RojQ.jpg)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले धनतेरसको अवसरमा सुनको असर्फी बिक्री गरेको छ । मंगलबार नेपाल राष्ट्र बैंकको टक्सार विभागमा दिउँसो चार बजेसम्म पुगेका ग्राहकलाई स्टक रहेसम्म यस्तो असर्फी बिक्री गरेको टक्सार महाशाखाका कामु निर्देशक सम्झना ढकालले जानकारी दिइन् ।
मंगलबार बिक्री गरिएको २.५ ग्रामको सुनसहितको असर्फी ३६ हजार ८६५ रुपैयाँमा बिक्री गरिएको छ । मंगलबार सुनको मूल्य प्रति १० ग्राम १ लाख ४४ हजार ४६० रुपैयाँ रहेको थियो । यो आधारमा हेर्दा २.५ ग्राम सुनको मूल्य ३६ हजार ११५ रुपैयाँ हुन आउँछ ।
उक्त मूल्यमा अतिरिक्त ७५० रुपैयाँ ज्याला थपेर असर्फीको मूल्य निर्धारण गरिएको हो । चाँदीको असर्फी, सिक्का तथा मेडालियनको मूल्य भने यसअघि नै तोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर
-
‘पोखरा–छेन्दु उडान नियमित गर्न सबैको सहयोग आवश्यक’