साफ महिला च्याम्पियनसिप : फाइनलको टिकट एन्फा आफैले बिक्री गर्ने
मङ्गलबार, १३ कात्तिक २०८१, १७ : २६

काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलको टिकट बिक्रीको व्यवस्था अखिल नेपाल फुटबल संघ (एन्फा) आफैले मिलाउने भएको छ । एन्फाका अनुसार, फाइनका लागि बुधबार बिहान तीन स्थानबाट टिकट बिक्रीको व्यवस्था मिलाइने छ ।
एन्फाले बुधबार बिहानदेखि नै टिकट बिक्रीको व्यवस्था मिलाउने जनाएको छ । एन्फाका अनुसार, जावलाखेल खेल मैदान, सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र भद्रकालीस्थिति आर्मी मुख्यालयको गेट बाहिर टिकट विक्री गरिने छ ।
एन्फाले साधारणतर्फ ११ हजार र भीआइपी एक हजार मात्र टिकट विक्री गरिने बताएको छ । साधारणतर्फ पाँच सय र भीआइपीतर्फ एक हजार रुपैयाँ टिकट दर तोकिएको छ । फाइनल खेल नेपाल र बंगलादेशबिच खेलिने छ । खेल बुधबार साँझ १८ः३० बजे सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमामा देखिएका समस्या नीतिगत निर्णय गरेर समाधान गरिने
-
अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा युवक पक्राउ
-
बुमराहको फिटनेस अपडेट, मुम्बईलाई झट्का
-
वर्षासँगै हट्यो काठमाडौँमा तुवाँलो–प्रदूषण पनि सामान्य बन्दै, खुल्यो मौसम (तस्बिरहरू)
-
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सशस्त्रका सइ पक्राउ
-
स्वास्थ्य सचिव नियुक्ति : प्रधानमन्त्रीले बाराकोटी, कांग्रेसले मिश्रा च्याप्दा बिचबाट यसरी फुत्किए विकास