गृह मन्त्रालय र आन्दोलनरत रुबी खानबिच ३ बुँदे सहमति, आन्दोलन स्थगित
मङ्गलबार, १३ कात्तिक २०८१, १७ : ०९
![गृह मन्त्रालय र आन्दोलनरत रुबी खानबिच ३ बुँदे सहमति, आन्दोलन स्थगित](https://npcdn.ratopati.com/media/news/462544596_1089230672987577_7185068585080862626_n_15hVbgalEH.jpg)
काठमाडौँ । गृह मन्त्रालय र निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीको विषयलाई लिएर गत साउन २५ गतेदेखि आन्दोलनरत रुबी खान र गृह मन्त्रालयबिच ३ बुँदे सहमति भएको छ ।
सहमतिसँगै खानको जारी आन्दोलन स्थगित भएको छ । सहमतिअनुसार खानसँग यसअघि भएको सहमति कार्यान्वयनका सन्दर्भमा जिल्ला प्रहरी कार्यालय बाँकेलाई लेखि पठाउने, आन्दोलनरत पक्ष र उनीहरूको सुरक्षा व्यवस्था मिलाउने जस्ता विषय समेटिएको छ ।
मंगलबार भएको बैठकपछि भएको सहमतिपत्रमा मन्त्रालयको तर्फबाट उपसचिव दिलकुमार तामाङ र खानले हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मन बुण्डेस लिगामा शीर्ष क्लबलाई धक्का
-
इटालियन सिरी’एमा एटलान्टाको फराकिलो जित, रेटेगुई एक्लैले गरे ४ गोल
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म