६१५५ जना सहकारी बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौँ । हालसम्म ६ हजार १५५ जना सहकारीका बचतकर्ताले पूरै बचत फिर्ता पाएका छन् । मंगलबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको उपस्थितिमा सहकारीको बचत फिर्ता तथा मिलानसम्बन्धी विवरण सार्वजनिक गरिएको हो ।
यसअनुसार हालसम्म १ अर्ब ४८ करोड ५१ लाख रुपैयाँ राफसाफ गरिएको छ । कात्तिक १२ गतेसम्म आंशिक भुक्तानी भएका बचतकर्ताको संख्य ४३८ छ । उनीहरूको ३ करोड १ लाख ९९ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।
यसैगरी गत आर्थिक वर्ष २०८०/८१ सम्म १ हजार २०० जनाको मागदाबी राफसाफ गरिएको थियो । जसअनुसार उनीहरूले ८३ हरोड ६५ लाख रकम फिर्ता पाएका थिए । यसैगरी चालु आव २०८१/८२ को कात्तिक १२ गतेसम्म थप ४ हजार ८५६ जनाको ६४ करोड ८६ लाख रुपैयाँ राफसाफ गरिएको छ ।
आंशिक र पूर्ण गरी रकम भुक्तान गरिएका मागदाबीकर्ताको संख्या ६ हजार ५९६ पुगेको छ । यी बचतकर्ताको कुल १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार रुपैयाँ भुक्तानी भएको छ ।
अब ५६ हजार ६०५ जना बचतकर्ताको राफसाफ गर्न बाँकी छ । उनीहरूको कुल ३८ अर्ब ४२ करोड ३ लाख बचत फिर्ता गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै अस्पताल स्तरोन्नति गर्ने मन्त्रिपरिषद्को निर्णय
-
शिक्षकहरूको प्रदर्शन आज पनि जारी
-
‘योग्य, सक्षम, इमानदार र स्वतन्त्र मान्छे न्यायाधीश हुने अवस्था रहेन’
-
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरण हुनुपर्छः अध्यक्ष नेपाल
-
एकअर्कालाई हराउँदै प्ले–अफ चरणको यात्रा सहज बनाउने धुनमा दिल्ली र लखनउ
-
‘डीएसपी हुँ’ भन्दै रेस्टुरेन्टको बिल नतिर्ने पक्राउ