मौलिक खेल खेलेर उपाधि जित्छौँ : कप्तान एन्जिला

काठमाडौँ। साफ महिला च्याम्पियनसिपको उपाधिका लागि बुधबार नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ः३० देखि सुरु हुनेछ । खेलका लागि टिम तयार रहेको नेपाल र बंगलादेशका कप्तान तथा प्रशिक्षकले बताएका छन् ।
खेलअघि मंगलबार रंगशालामा आयोजित प्रि-म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बलियो टिम बंगलादेशलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्यका साथ नेपाली टोली मैदान उत्रने बताए । यसअघि भएका खेलमा देखिएका गल्तीलाई सुधार गरेर फाइनल खेल्ने उनको भनाई थियो । उनले महिला फुटबलमा दर्शकको समर्थनले थप हौसला मिलेको धारणा राखे ।
त्यस्तै नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापोले उपाधि जित्नेमा विश्वस्त रहेको बताइन् । नेपालले मौलिक खेल देखाउने र खेल आफ्नो पक्षमा पार्ने उनको भनाइ छ । उनले साफमा उपाधि जित्ने अवसर भएकाले मौका खेर नफाल्ने पनि जिकिर गरिन् ।
त्यस्तै बंगलादेशका कप्तान तथा प्रशिक्षकले पनि उत्कृष्ट खेल प्रदर्शन गर्ने र नजिता आफ्नो पक्षमा पार्ने बताएका छन् । सेमिफाइनलमा बंगलादेशले भुटानलाई र नेपालले भारतलाई पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बराह क्षेत्र विकास समितिका पूर्वअध्यक्ष घिमिरे जबरजस्ती करणी मुद्दामा दोषी ठहर
-
यस्तो छ ‘जन्ते बाख्रो’ को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’
-
सुदीपको न्यायको लागी पाकिस्तानी दूतावास अगाडी प्रदर्शन गरिँदै
-
कान्ति लोकपथ दैनिक ६ घण्टा बन्द हुने
-
मधेस केन्द्रित दलले भारतमा भएको आतकङ्कारी हमलाको निन्दा गरे
-
भीरबाट लडेर दुई जनाको मृत्यु