साफ महिला च्याम्पियनसिपको फाइनल : रंगशालाभित्र लैजान निषेध गरिएका वस्तुको सूची सार्वजनिक

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा सुरक्षा अवस्थालाई ध्यानमा राखी रंगशालामा केही सामग्री लैजान निषेध गरेको छ ।
निषेध गरिएका सामाग्री नलिई खेल हेर्न आउन एन्फाले दर्शकहरूसँग अनुरोध गरेको छ । निषेधित गरिएका सामाग्रीमा बन्दुक, छुरा र अन्य कुनै पनि प्रकारका धारिला हातहतियार रहेका छन् ।
यसैगरी, चुरोट, लाइटर, सलाईलगायतका सामाग्रीलाई पनि निषेध गरिएको छ । मदिरा र अन्य नशालु पदार्थहरू पनि रंगशालाभित्र लैजान निषेध गरिएको छ ।
झोला र ठुला ब्याग पनि निषेध गरिएको छ । साना ब्यागहरू पनि जाँचपछि मात्र रंगशाला प्रवेश गराउन अनुमति दिइने एन्फाले जनाएको छ ।
यसैगरी, हेल्मेट पनि रंगशाला लैजान पाइने छैन । अनुमति बिना ब्यानर, झण्डा, पोस्टरलगायतका प्रचार सामग्री पनि रंगशालाभित्र लैजान नपाइने एन्फाले जनाएको छ ।
यसैगरी, पानीको बोतल, क्यान, पत्थर, र अन्य फ्याँक्न मिल्ने वस्तुहरूसँगै धातुका मुद्रा पनि रंगशालाभित्र लैजान नपाइने एन्फाले जनाएको छ ।
यसैगरी, खेलाडी तथा रेफ्रीलाई लक्षित गर्ने लेजर लाइट पनि निषेध गरिएको छ । छाता, लिपस्टिक, नेल कटर, कैँची, काइयोलगायतका वस्तु पनि रंगशालाभित्र लैजान नपाइने एन्फाले जनाएको छ ।
साफ महिला च्याम्पियनसिपको फाइनल खेल बुधबार नेपाल र बंगलादेशबिच हुँदेछ । फाइनल खेल नेपाली समयअनुसार साँझ १८ः३० बजे सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषध मुद्दामा गाउँपालिका अध्यक्षलाई एक वर्ष जेल र दुई लाख जरिवाना
-
फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व
-
उच्च अदालतको फैसला- अब रवि र छविको मुद्दा एकैसाथ हेरिने
-
भक्तपुरमा तीव्र गतिको गाडी दुर्घटना, ८ जना घाइते
-
पर्साको बालसुधार गृहमा होली मनाइयो
-
उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा