कांग्रेसले पन्तलाई जिल्ला समन्वय समिति कैलाली प्रमुखको उम्मेदवार बनाउने
मङ्गलबार, १३ कात्तिक २०८१, १६ : १२

काठमाडौँ । यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कैलाली जिल्ला समन्वय समिति प्रमुख पदमा नेपाली कांग्रेसले केशवराज पन्तलाई उम्मेदवार बनाउने भएको छ ।
कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय समितिको मंगलबार बसेको बैठकले धनगढी उपमहानगरपालिका वडा न.२ का वडा सदस्य पन्तलाई जिल्ला समन्वय समिति कैलालीको प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस सुदूरपश्चिम प्रदेश प्रवक्ता सुरत बहादुर रावत ‘डोटेली कान्छा’ले बताए ।
निर्णय पश्चात् उम्मेदवार पन्तलाई कांग्रेस सुदूरपश्चिम प्रदेशका पदाधिकारीहरूले शुभकामना दिएका छन् ।
जिल्ला समन्वय समिति प्रमुख पदम बहादुर कलेलको निधन पश्चात् रिक्त रहेको कैलाली जिल्ला समन्वय समिति प्रमुखको पदमा आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारुलोको हमलामा बेहुलासहित २५ जना घाइते, बिहे स्थगित
-
प्राकृतिक चिकित्सालयको प्रचण्डले गरे अनुगमन
-
प्रतिकुल मौसमका कारण विद्युत् अवरुद्ध भएको हो, लोडसेडिङ भएको होइनः विद्युत् प्राधिकरण
-
मधु र सागरले ल्याए ‘सनई ढोलाकी’, बिहेको चर्चा
-
बिचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ: महामन्त्री थापा
-
देउवा नहल्लिएसम्म सरकार सुरक्षित रहने एमाले नेताहरूको विश्वास