समाजवादी मोर्चाको बैठक अलपत्र, दलहरू आन्तरिक छलफलमा व्यस्त

काठमाडौँ । समाजवादी मोर्चामा आबद्ध दलहरू आन्तरिक क्रियाकलापमा व्यस्त हुँदा मोर्चाको कार्यक्रम अलपत्र परेको छ ।
दसैँ लगत्तै मोर्चाको बैठक बस्ने तयारी भइरहेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं मोर्चाका संयोजक नेक्रविक्रम चन्द विप्लवले जानकारी दिएका थिए । तर माओवादी केन्द्र, एकीकृत समाजवादी आन्तरिक क्रियाकलापमा व्यस्त हुँदा बैठक बस्न नसकिएको नेकपाका नेता कर्णजित बुढाथोकीले जिकिर गरे ।
‘सबै दलका नेताहरू आन्तरिक काममा व्यस्त छन् । त्यसैले दसैँ अगाडि बैठक बस्न नसकेको हो । अब तिहार पछाडि बस्छ होला’, रातोपाटीसँग बुढाथोकीले भने । यही कात्तिक २२ गते बस्ने भनिएको केन्द्रीय समिति बैठक पनि अब तिहारपछि बस्ने उनले जानकारी दिए ।
माओवादी केन्द्रका महासचिव एवं कार्यदल सदस्य देव गुरुङले पार्टीको प्रदेशस्तरीय बैठक, दसैँ–तिहार जस्ता चाडपर्व परेकाले बैठक बस्न नसकिएको बताए ।
‘सातै प्रदेशमा पार्टीको पूर्वनिर्धातिर परामर्श समितिको बैठक थियो । त्यसपछि दसैँ, तिहार चाडपर्व भएकाले समाजवादी मोर्चाको बैठक बस्न सकेन । तिहारपछि केन्द्रीय समिति बैठक बस्ने भएकोले केही प्रभावित हुन सक्छ,’ गुरुङले भने ।
यता नेपाल समाजवादी पार्टीका सह-अध्यक्ष गंगानारायण श्रेष्ठले माओवादी केन्द्र र एकीकृत समाजवादी आन्तरिक छलफलमै व्यस्त भएकाले मोर्चाको बैठक बस्न नसकेको बताए । दलहरूकै कारण १५ दिनमा बुझाउने भनिएको राजनीतिक दस्ताबेजले समेत पूर्णता नपाएको स्पष्ट पारे ।
‘दसैँअघि बैठक जहाँ टुङ्गिएको थियो, त्यहाँबाट अगाडि बढेको छैन । माओवादी केन्द्र, एकीकृत समाजवादी आन्तरिक छलफलमै व्यस्त रहेकाले बैठक बस्न सकिएको छैन’, उनले भने ।
माओवादी नेतृत्वको सरकार ढलेपछि साउनको पहिलो साता मोर्चाको बैठक बसेको थियो । विप्लव केन्द्रीय समितिको बैठकको तयारीमा कपिलवस्तु पुगेका छन् । प्रचण्ड आगामी केन्द्रीय समितिको बैठकको तयारीमा छन् । एकीकृत समाजवादी आन्तरिक विवादमा रुमलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पद्वारा प्रमुख क्षेत्रमा चिनियाँ लगानीमाथि कडा प्रतिबन्ध लगाउने आदेश
-
उडिसाबाट काँकरभिट्टा हुँदै २० जना विद्यार्थी फर्किए
-
प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण
-
बुटवलमा ललितकला प्रदर्शनी सुरु
-
हमासद्वारा ६ मध्ये दुई बन्धक रिहा, इजरायले ६ सयभन्दा बढी प्यालेस्टिनीलाई छाड्ने
-
पूर्वराजाबारे प्रचण्ड : इतिहासको रछ्यानमा मिल्क्याइएका तत्त्वहरू सल्बलाए