४६ अंकले बढ्यो नेप्से, ६ अर्ब १२ करोडको कारोबार
मङ्गलबार, १३ कात्तिक २०८१, १५ : २३

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले बढेको छ । ४६.६९ अंकले बजार बढ्दै परिसूचक २६९२ बिन्दुमा उक्लिएको छ । यसअघि चार कारोबार दिनपछि हिजो, सोमबार बजार २७ अंकले उकालो लागेको थियो ।
आज २२१ कम्पनीको सेयर मूल्य बढेको छ । १७ कम्पनीको घट्दा ५ कम्पनीको मूल्य स्थिर रह्यो । मंगलबार १ करोड ३३ लाख ७३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । यसले गर्दा कुल ६ अर्ब १२ करोड ८२ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
मंगलबार सप्तकोशी विकास बैंक, सानिमा जीआईसी इन्स्योरेन्स र कुथेली बुखरी सानो जलविद्युत् आयोजनाको मूल्यमा सकारात्मक सर्किट लाग्यो । कारोबार रकमका हिसाबले समृद्धि फाइनान्स शीर्ष स्थानमा छ । यसको २४ करोड ७१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आज नेप्सेमा सूचीकृत सबै उपसमूहको सूचक बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैती छठ अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदै
-
विदेशी मुद्राको विनिमयदर, कसको मूल्य कति ?
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म