शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने मन्त्री पौडेलको प्रतिबद्धता
काठमाडौँ । निर्माण भएर पनि पूर्वाधार अभावमा सेवा उपलब्ध गराउन समस्या भोगिरहेको कोशी प्रदेश सरकारअन्तर्गतको विराटनगरस्थित शैलजा आचार्य हृदय रोग उपचार केन्द्रलाई स्तरोन्नति गर्न सघाउने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रतिबद्धता जनाएका छन् ।
यसका लागि मन्त्री पौडेल र कोशी प्रदेशका स्वास्थ्य मन्त्री भूपेन्द्र राईसहितको बैठकले स्तरोन्नति गरी पूर्ण क्षमतामा सञ्चालन गर्न संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्न लेखी पठाउने गरी निर्णय गरेको छ ।
अब कोशी प्रदेश सरकारबाट हस्तान्तरण भएपश्चात केन्द्रलाई मुटुसम्बन्धी उपचारका लागि आवश्यक उपकरण र थप पूर्वाधारको विकास गरेर सञ्चालनमा ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक समन्वय गरेर काम थाल्ने बैठकमा मन्त्री पौडेलले बताए ।
मन्त्री पौडेलले भने, ‘सातै प्रदेशमा मुटु रोगको उपचारका लागि हामीले कार्यक्रम थालिसकेका छौँ । कोशी प्रदेशमा स्थापित केन्द्रलाई सबल बनाएपछि प्रदेशलाई हस्तान्तरण गरिनेछ ।’
गत महिना विराटनगरमा केन्द्रको निरीक्षण गरेका मन्त्री पौडेलले प्रदेश मातहत विकासमा मन्त्रालयलाई जटिलता रहेको भन्दै संघमातहत जिम्मेवारी प्राप्त भएमा स्तरोन्नतिका लागि उपकरणसहितका पूर्वाधार तयार पार्ने घोषणा गरेका थिए ।
कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले संघ सरकारलाई स्तरोन्नतिका लागि आग्रहसहित निश्चित अवधि हस्तान्तरणका लागि आवश्यक प्रक्रिया पूरा गर्ने प्रतिबद्धता जनाए । प्रदेशबाट निर्णय भएर आएलगत्तै मन्त्रालयले स्तरोन्नतिको काम थाल्ने मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनलाई जिते जित : आचार्य महाप्रज्ञले मनलाई देखाएको बाटो
-
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते
-
स्याउ किसानसँग मुख्यमन्त्री : किसानका गुनासै गुनासा, सक्दो सहयोग गर्ने प्रतिबद्धता
-
३४ बिरामीको घुँडाको शल्यक्रिया
-
मुक्तिनाथ पुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी
-
गणतन्त्र सेनानी कोषले १५ जना योद्धाहरूलाई सम्मान गर्दै