कलाकार संघद्वारा बाढीपहिरो पीडित परिवारलाई कम्बल वितरण

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघले बाढीपहिरो पीडित परिवारलाई नजिकिँदै गरेको जाडोका लागि कम्बल वितरण गरेको छ । संघले ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ का पीडित परिवारलाई ८५ थान कम्बल वितरण गरेको हो ।
असोजको दोस्रो साता आएको लगातार केही दिनको वर्षाले काठमाडौँ, ललितपुरलगायतका देशका केही स्थानमा नोक्सानी पुर्याएको छ ।
नेपाल कलाकार संघ अमेरिका शाखा अध्यक्ष दिनेश कार्कीसहितको टिमले कम्बल खरिद गर्न पठाएको सहयोग संघका महासचिव सविन श्रेष्ठको समन्वयनमा कम्बल वितरण गरिएको हो ।
कार्यक्रममा संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रविन्द्र खड्का, सचिव रामेश्वर बुर्लाकोटी, सह–कोषध्यक्ष पवित्रा आचार्य, सदस्य पुकार भट्टराई, गोपाल ढकाल छन्दे लगायत राहत वितरणमा खटिएका थिए ।
संघ सदैव सामाजिक काममा सक्रिय रहँदै आएको छ र, सोही अनुरूप बाढीपहिरो पीडित परिवारलाई कम्बल वितरण गरिएको सविच बुर्लाकोटीले बताए ।
संघ कलाकारहरूको हकअधिकारका लागि मात्र हैन आगामी दिनमा समेत समाजसँग नजिक रहेर सामाजिक काममा हातेमालो गर्ने अध्यक्ष निरौलाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुखानी हत्याकाण्ड : सत्य र तथ्य
-
‘सञ्जयलाई रिहा गर्न मैले सहयोग गरेँ, जेलबाट बाहिर आएपछि टाढा रहन थाले’
-
आज अन्तरराष्ट्रिय निःशस्त्रीकरण दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
-
विराटले उछिने सचिनलाई
-
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति शिक्षक महासङ्घले जनायो आपत्ति
-
लन्डनकी अन्जुले पूरा गरिन् विश्वकै ठुला ६ वटा म्याराथन