सलमान खानलाई धम्क्याउने व्यक्ति पक्राउ

नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानलाई धम्की दिएको आरोपमा मुम्बई प्रहरीले नोएडाबाट एक आरोपीलाई पक्राउ गरेको छ । आरोपी युवक नोएडाको गौतम बुद्ध नगरमा सिकर्मीको काम गर्ने बताइएको छ । युवकको पहिचान १८ वर्षका मोहम्मद तैयबको रूपमा गरिएको छ । उनी दिल्लीमा बस्छन् ।
जानकारीका अनुसार अभियुक्त युवकले मुम्बई प्रहरीको कन्ट्रोल रुममा ‘म सलमान खानलाई छोड्ने छैन’ भन्दै टेक्स्ट म्यासेज गरेका थिए । धम्की पाएपछि मुम्बई प्रहरीले यो विषयलाई गम्भीरतापूर्वक लिएको छ । त्यसपछि मोबाइल नम्बरबाट धम्की दिने व्यक्तिको खोजी सुरु भयो । जब युवकको लोकेसन युपीमा रहेको थाहा भयो, मुम्बई पुलिसले यूपी पुलिस मुख्यालयलाई जानकारी दियो ।
यसपछि मंगलबार आरोपीलाई मुम्बईको बान्द्रा प्रहरीले नोएडाको सेक्टर ३९ थाना क्षेत्रबाट पक्राउ गरियो । पक्राउ पर्दा अभियुक्तसेक्टर ९२ को एक घरमा सिकर्मीको काम गरिरहेका थिए । एसीपी नोएडा प्रवीण कुमार सिंहले आरोपीलाई पक्राउ गरेको पुष्टि गरेका छन् । बरेलीका मोहम्मद तैयब दिल्लीमा काकासँग बस्दै आएका थिए ।
मुम्बई प्रहरीले आरोपी युवकलाई सुरजपुर अदालतमा लगेको छ, उनलाई अदालतमा पेस गरेपछि प्रहरीले ट्रान्जिट रिमाण्डको माग गर्नेछ । त्यसपछि उनलाई रिमाण्डमा मुम्बई लगिनेछ । नोएडा पुलिसले अनुसन्धानको बारेमा आधिकारिक रूपमा केही बोलेको छैन । मुम्बई प्रहरीले थप अनुसन्धान गर्ने बताइएको छ । स्रोतका अनुसार मुम्बई पुलिसको टोली दिल्लीस्थित आरोपीको काकाको घरमा छापा मारिरहेका छन् । ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चैत ७ गते
-
नेशनल इभेन्ट म्यानेजमेन्ट एसोसिएसनको अध्यक्षमा रवि धमला
-
अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
राजावादीहरूले टाउको उठाउनुमा सबैभन्दा बढी खोट कम्युनिस्टमै देख्छु : जगन्नाथ खतिवडा
-
यी हुन्, नेविसंघले हालसम्म निर्विरोध जितेका स्ववियु अध्यक्ष र क्याम्पस (सूचीसहित)
-
नागार्जुन र तार्केश्वरका ३ वटा खाद्य गोदाममा छापा