अमेरिकाको विकास–पूर्वाधार र नेपाली नफर्कनुको कारण
अमेरिका भन्नेबित्तिकै हामी अधिकांशले सम्झन्छौँ— आर्थिक र सामरिक हिसाबले विश्वमै सबैभन्दा शक्तिशाली देशस प्रशस्त रोजगारीको अवसर भएको देशस सूचना–प्रविधि र पूर्वाधारका हिसाबले विकसित देशस व्यक्तिगत स्वतन्त्रता भएको देश आदि । त्यसैले नेपालीहरू अमेरिका जान ज्यानकै जोखिम मोल्न चाहेको देखिन्छ ।
अमेरिकाले अन्य मुलुकले जस्तै भिसा नभएका गैरकानुनी आप्रवासी हतपत फर्काउँदैन । ठुलै अपराध गरेमा जेल हाल्छ, तर फर्काउनेतिर त्यति लागेको देखिँदैन ।
अमेरिकामा नेपाली सबैभन्दा बढी डीभी परेर जाने गर्छन् । विश्वभरिबाट डीभी भर्ने प्रत्येक चार सय जनामध्ये एकजनालाई पर्ने गर्छ । नेपालको हकमा पछिल्लो समय करिब सात लाखले डीभी चिट्ठा भर्दा ०।३१ प्रतिशत अर्थात् २१७० जना मात्रै अमेरिका जान सफल भएको देखिन्छ ।
अमेरिका जाने अर्को माध्यम भनेको शरणार्थीका रूपमा हो । विश्वभरिबाट हालसम्म ३६ लाख मानिस शरणार्थीको रूपमा अमेरिका प्रवेश गरेका छन् । नेपालबाट पनि सशस्त्र युद्धका बेला, भूकम्पको बेला, बाढी–पहिरो आएका बेलामा पनि शरणार्थीका रूपमा प्रवेश गरेको देखिन्छ । त्यसैगरी अवैधानिक बाटो प्रयोग गरी अन्य देश खासगरी मेक्सिकोको बाटो हुँदै पनि अमेरिका छिर्ने गर्छन् ।
५०र६० लाख दलाललाई बुझाई ज्यानको जोखिम मोलेर समुद्रमा डुङ्गा चढी जंगलको बाटोमा महिनौँ लगाएर जानेको संख्या पनि कम छैन । अन्य डिपेन्डेन्ट भिसा, व्यावसायिक भिसा, भिजिट भिसा तथा विश्वविद्यालयमा हुने दीक्षान्त समारोहमा उपस्थिति हुनका लागि आफन्तलाई दिइने भिसा लगायत भिसाबाट अमेरिका जान सकिन्छ ।
मूलतः देश अनुसारको पूर्वाधार नीति हुन्छ । जापान, कोरियाजस्ता देशमा सार्वजनिक यातायातलाई बढी जोड दिइएको छ भने अमेरिकामा प्राइभेट ट्रान्सपोर्टलाई महत्त्व दिएको पाइन्छ । खरिद विधि तथा ‘डिजाइन स्ट्यान्डर्ड’मा खासै भिन्नता पाइँदैन ।
- अमेरिकामा विकास
अमेरिकामा करिब ६५ लाख किलोमिटर सडक र आठ लाखभन्दा बढी पुल छन्, जुन संसारकै सबैभन्दा बढी सडक भएको देशको रूपमा रहेको छ ।
यस्तै, करिब २० हजार एअरपोर्ट छन्, जसमध्ये करिब पाँच हजार पब्लिक र १५ हजारभन्दा बढी प्राइभेट एअरपोर्ट हुन् । त्यसैगरी करिब दुई लाख ६० हजार किमि रेल्वे नेटवर्क छ ।
जनसंख्याको करिब ८७ प्रतिशतले सडक यातायात र १२ प्रतिशतले हवाई यातायात प्रयोग गर्छन् । रेल, फेरी, बोट लगायत अन्य यातायातका साधन एक प्रतिशतले मात्र प्रयोग गर्छन् ।
करिब ९१ प्रतिशत कामदारले प्राइभेट कारको प्रयोग गरी आफ्नो काममा जाने गर्छन् । विभिन्न आर्थिक तथा व्यापारिक गतिविधि बजार क्षेत्र ९डाउन–टाउन०मा हुने र बस्ती ग्रामीण भेगमा हुन्छ । आउन–जानका लागि प्रायः कारकै प्रयोग गर्छन् । विभिन्न सडक पीपीपी मोडलमा बनाएका हुन्छन् । त्यस्ता किसिमका सडकलाई ‘टोल रोड’ भन्ने गरिन्छ । उक्त सडकमा कर ९ट्याक्स० तिर्नुपर्ने हुन्छ, तर तीनजनाभन्दा बढी यात्रु रहेमा कर लाग्दैन । यसबाट के प्रस्ट हुन्छ भने मानिसहरू प्रायः प्राइभेट कारमा यात्रा गर्छन्, सरकारले भने पब्लिक ट्रान्सपोर्टमा प्रेरित गरिरहेको छ, यद्यपि सरकारको नीति त्यति प्रभावकारी भएको देखिँदैन ।
कुनै कुनै उत्सवमा रेल सेवा निःशुल्क बनाइने रहेछ । श्रमिक दिवसमा रेल यातायात निःशुल्क रहेछ, त्यस किसिमको सहुलियत हामीले पनि प्रयोग गर्ने अवसर जुरेको थियो । द्रूत बस सेवाका लागि न्युयोर्कमा रातो रङ पोतेर छुट्टै लेन बनाइएको छ । नेपालमा पनि गत वर्षदेखि सुरु भएको द्रूत बस सेवामा हाल ४४ वटा बस सञ्चालित छन् । यस्तै अमेरिकामा बसबाट लामो दुरीको पनि यात्रा गर्न सकिन्छ ।
- सडक यातायात पूर्वाधार
यातायात व्यवस्थापनको क्षेत्रमा प्रायः सडक यातायात नै प्रयोग भएको पाइन्छ । सुरुमै प्लानिङ गरेर सहर बनाइएकाले ग्रिडमा सडक छन् र ब्लकमा बस्ती छन् । सडकका सबै आयामलाई उत्तिकै ध्यान दिएको देखिन्छ । दुई लेनदेखि २६ लेनसम्मका सडक छन् । विशेषगरी सहरी सडकमा सडकको दायाँ–बायाँ साइकललेन छ, त्यसपछि पार्किङलेन छ, ग्रिन बेल्ट छ, फुटपाथ छ, यी सबै आफूमै पुराका पुरा स्ट्यान्डर्डमा छ ।
न्युयोर्कमा द्रूत बस सेवाका लागि छुट्टै लेन पनि रातो रङले छुट्ट्याइएको छ । २६ लेनको बाटोमा पनि फुटपाट दुई–चार मिटर छ । नेपालमा एउटा भ्रम सिर्जना भएको छ, फुटपाथ चाक्लो राम्रो हो नि भन्ने तर सबै आयाम भएको ठाउँमा फुटपाटको आफ्नै स्ट्यान्डर्ड हुन्छ । कुनै एक आयामलाई दक्खल पारेर फुटपाटलाई मात्र हेरिनु इन्जिनियरिङ विरुद्ध हुन जान्छ ।
फुटपाथ पनि स्ट्यान्डर्डको चाहिन्छ भने अन्य संरचनाका लागि थप चौडाइ लिनुपर्छ, अन्यथा कालान्तरमा यसको असर नकारात्मक हुन्छ । व्यापारिक केन्द्र न्युयोर्कमा सडकमा छुट्टै पार्किङ लेन छ, सवारी साधनहरू सडकमै पार्किङ गरेको देखिन्छ ।
२६ लेन हुने देशको फुटपाथको चौडाइ देखाएर त्यस्तै हुनुपर्छ भन्ने भ्रम सिर्र्जना गर्नुजस्तै हो । सडक सुरक्षाको ‘क्रास ब्यारियर’ राखिएको छ भने सडक लेनभन्दा बाहिर अर्थात् ‘एज पेन्टिङ’भन्दा बाहिरपट्टि ‘रुम्बल स्ट्रिप’ राखिएको छ, ताकि गाडीले लेन छाडेर बाहिर गएमा तुरुन्तै हल्लेर थाहा हुन्छ । ट्राफिक लाइटको भरपुर प्रयोग गरिन्छ, साइन बोर्डको उचित व्यवस्थापन छ ।
- खरिद प्रक्रिया
५० वटा राज्य मिलेर बनेको अमेरिकाको केन्द्रीय नीति भनेको अन्तरिक्ष व्यवस्थापन, जङ्गलको सुरक्षा, विज्ञहरूको संकलन र अमेरिकी जनताको सुविधा तथा सुरक्षा नै हो ।
केन्द्रीय सरकारको दायित्व भनेको अर्थ, वाणिज्य, राष्ट्रिय प्रतिरक्षा, वैदेशिक मामला तथा अन्य कानुनका कुरा मात्र रहेको छ । सबै खरिद कार्य प्रान्त तथा स्थानीय तहलाई जिम्मा दिइएको हुन्छ । खरिद प्रक्रियामा विशेषगरी वल्र्ड बैंकको डकुमेन्ट तथा फिडिक कागजातलाई सन्दर्भ दिएर बोलपत्र कागजात बनाइएको हुन्छ । लाइफ साइकिल कस्ट, दिगोपन, वातावरणीय पक्ष, फ्रेम वर्क कन्ट्याक्ट, निर्माण व्यवसायीको इतिहास आदिको विश्लेषण गरी ठेक्का दिने प्रचलन छ ।
नेपालमा जस्तो कम कबोल गर्नेलाई नभई सबैभन्दा उचित मूल्यमा खरिद गर्नेलाई ठेक्का दिइन्छ । यस किसिमको ठेक्का व्यवस्थापनमा संघीय सरकारले प्रान्तीय स्तरमा तथा स्थानीय सरकारलाई विश्वास गरी जिम्मा दिएको देखिन्छ । यस कारण सबै पक्षको विश्वासको कारण ठेक्काहरू रुग्ण प्रायः नभएको देखिन्छ ।
- अमेरिका गएपछि नफर्किने कारण
अमेरिकाले आफूलाई अन्य देशभन्दा सुपेरियर रूपमा प्रस्तुत गरेको पाइन्छ । राइट ह्यान्ड ड्राइभिङ हुने उक्त देशमा किलोमिटरको सट्टा माइलको प्रयोग हुन्छ । कारहरू पनि अलि ठुला तथा अन्य देशका भन्दा पृथक् देखिन्छन् । आफ्नै खर्चमा पढाइ असम्भवजस्तै हुन्छ, काम नगरी उपाय लाग्दैन । सहरमा काम र गाउँमा बसाइ हुनाले काम गर्नेलाई कार चाहिन्छ ।
घर भाडामा बस्न पनि कठिन हुन्छ । इन्सुरेन्सबिना उपचार असम्भवजस्तै हुन्छ । अन्य सामग्री पनि उत्तिकै महँगो हुन्छ । यसको अर्थ हो— कार र घर इन्सुरेन्स गर्नैपर्छ । त्यसका लागि सरकारले ०–१० प्रतिशतसम्म ‘डाउन पेमेन्ट’मा कार किन्ने ऋण तथा घर किन्ने सुविधा दिन्छ । त्यसैले प्रायजसोले गाडी र घर किन्नैपर्छ, जसको चुक्ता अवधि २० देखि ३० वर्ष हुन्छ । यस किसिमको किस्ताका कारणले गर्दा ऊर्जाशील अवधि उतै बित्छ, त्यसपछि पेन्सन बस्ने समय ६८ वर्षको हो भने वृद्धभत्ता सुविधा ६८ वर्षबाट सुरु हुन्छ । ती सुविधाका कारण, हालसम्म गरेको मेहनत, बच्चाबच्चीको कारण तथा नेपाल फर्केर पनि थप समाहित हुन समेत समस्या हुने हुनाले भावना सबै नेपालप्रति हुँदाहुँदै पनि आउन प्रायः असम्भव देखिन्छ ।
- निष्कर्ष
मूलतः देश अनुसारको पूर्वाधार नीति हुन्छ । जापान, कोरियाजस्ता देशमा सार्वजनिक यातायातलाई बढी जोड दिइएको छ भने अमेरिकामा प्राइभेट ट्रान्सपोर्टलाई महत्त्व दिएको पाइन्छ । खरिद विधि तथा ‘डिजाइन स्ट्यान्डर्ड’मा खासै भिन्नता पाइँदैन । लगानीको कुरामा भर पर्छ । प्रविधि पनि धेरै थोरै हामी प्रयोग गरेकै छौँ । माटो सुहाउँदो प्रविधिको प्रयोग गर्न सकिन्छ । सबैले देश निर्माणमा ध्यान दिने हो भने आशा राख्ने ठाउँ प्रशस्त छन् ।
(लेखक ई। भण्डारी सडक डिभिजन काठमाडौंका प्रमुख हुन् । १६ अगस्टदेखि ५ सेप्टेम्बर २०२४ सम्म अमेरिकामा भएको ‘मूल्यमा आधारित खरिद अध्ययन भ्रमण’मा नेपाल सरकारको तर्फबाट प्रतिनिधि मण्डलमा सहभागी भएका थिए ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्धक्क भएर व्यवसायमा लगानी गर्न मुख्यमन्त्री आचार्यको आग्रह
-
सांसद शर्मा र जापानका हाउस अफ काउन्सिलर्सका सदस्यबिच भेटघाट
-
विवादमा ओली : के भन्छन् प्रतिपक्ष दलका नेता ?
-
नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठको उम्मेदवारी घोषणा
-
हवाई भाडा अनुगमन गर्न कार्यदल गठन, ११ एयरलाइन्सले बुझाए भाडादर सूची
-
टेनिस टोली बहराइन जाने