रास्वपाको आन्दोलनमा पार्टीको झन्डाको सट्टा राष्ट्रिय झन्डा किन ?
_RyZr9zhpHu.jpg)
काठमाडौँ । सहकारीको बचत रकम गोरखा मिडिया नेटवर्कमा आएपश्चात् अपचलनमा संलग्न भएको संसदीय छानबिन समितिले प्रतिवेदन दिएपछि रास्वपा सभापति रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । पार्टी भने उनलाई न्याय दिनुपर्छ भन्दै सडक केन्द्रित आन्दोलनमा छ ।
आन्दोलनको क्रममा रास्वपाले पार्टीको झन्डा नभइ राष्ट्रिय झन्डाको प्रयोग गरेको छ । पार्टीले मंगलबार सडक आन्दोलन गर्दा पनि बालुवाटारमा सहभागीको हातमा राष्ट्रिय झन्डा देखिएको छ ।
यही विषयमा रातोपाटीले रास्वपा कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई 'पार्टीको आन्दोलनमा राष्ट्रिय झण्डामात्र प्रयोग भएको' विषयमा प्रश्न गर्दा उनले आन्दोलनमा आम जनतालाई सहभागी गराउन राष्ट्रिय झन्डाको प्रयोग भएको बताए ।
‘यो पार्टीका लागि गरिएको आन्दोलन होइन । समग्र जनताका लागि गरिएको आन्दोलन हो‚’ उनले भने‚ ‘यहाँ रास्वपा कार्यकर्ता मात्र होइन सर्वसाधारण जनता जो न्यायको पक्षमा हुनुहुन्छ उहाँहरूको पनि उपस्थिति छ।’
उनले अगाडि भने, ‘जो सरकारसँग असन्तुष्ट हुनुहुन्छ सरकारको रवैया र क्रियाकलाप प्रति असन्तुष्ट हुनुहुन्छ र उहाँहरूलाई सहभागी हुन सहज होस् भनेर राष्ट्रिय झन्डाको प्रयोग भएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी
-
चलचित्र सेन्सर बोर्डको सदस्यमा श्रेष्ठ नियुक्त
-
एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित