४५ करोडमा बनेको फिल्मले कमायो केवल ६० हजार
नयाँ दिल्ली । पछिल्लो समय बलिउडमा मेगाबजेटका फिल्म बन्ने ट्रेन्ड चलिरहेको छ । कतिपय ठुलो रकम खर्चेर बनाएका फिल्मले पनि बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन् । केही महिना अघि बलिउडमा ४५ करोड भारुमा एउटा फिल्म बनेको थियो । तर यस फिल्मले ६० हजार भारु मात्रै कमायो । यस फिल्ममा दुई ठुला कलाकार पनि थिए । तर फिल्म नराम्ररी फ्लप भयो ।
पहिलो दिन यो फिल्मको बक्स अफिसमा २९३ टिकट मात्रै बिक्री भएको थियो । यस फिल्मको लागि नेटफ्लिक्ससँग सम्झौता भएको थियो । फिलिम रिलिज हुँदा नेटफ्लिक्सलाई स्ट्रिमिङ पार्टनर बनाइएको थियो । तर जब बक्स अफिसमा ‘डिजाष्टर’ साबित भयो, नेटफ्लिक्सले यसको प्रसारण गर्न अस्वीकार गर्याे । यति मात्र कहाँ हो र ? अन्य ओटीटी प्लेटफर्मले पनि फिल्म किन्न मानेनन् ।
४५ करोडको बजेटमा बनेको यो फिल्ममा अर्जुन कपुर र भूमि पेडनेकर मुख्य भूमिकामा थिए । फिल्मको नाम थियो ‘द लेडी किलर’ । यो क्राइम थ्रिलर फिल्म गत वर्ष नोभेम्बरमा बक्स अफिसमा रिलिज भएको थियो । मिन्ट रिपोर्टका अनुसार ‘द लेडी किलर’का मेकरलाई ९९ दशमलव ९९ प्रतिशत घाटा भयो । फिल्मले बक्स अफिसमा जम्माजम्मी ६० हजार कमाएको थियो । फिल्मलाई अजय बहलले निर्देशन गरेका थिए । यसलाई भारतीय सिनेमाको सबैभन्दा ठुलो फ्लप फिल्म घोषित गरिएको छ ।
नेटफ्लिक्समा स्ट्रिमिङको कुरा अस्वीकृत भएपछि फिल्मको क्लाइमेक्स पूरै छायाङ्कन नभएको दाबी सुन्नमा आएको थियो । अन्य ओटीटी प्लेटफर्महरूले पनि यसलाई किन्न अस्वीकार गरेपछि निर्देशकले फिल्मलाई यही सेप्टेम्बर २ मा सिधै युट्युबमा निःशुल्क रिलिज गरे । अहिलेसम्म फिल्ममा २६ लाखभन्दा बढी भ्युज आएको छ । केही युट्युब प्रयोगकर्ताले फिल्मको तारिफ गर्दै किन फ्लप भयो भनेर प्रश्न सोधिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार महिनामा १३ अर्ब ४० करोडको मोबाइल आयात
-
विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित
-
धान फल्ने खेतमा लगाएको सुन्तलाबाट दश लाख आम्दानी
-
इजरायलले प्यालेस्टाइनमा गरेको नरसंहारका विरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
नेपाली रुपैयाँमा चुच्चे नक्सा राखेकोमा भाजपा नेताको आपत्ति
-
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा