फरक-फरक स्थानमा डुबेर तीन जनाको मृत्यु
काठमाडौँ । बाराको आदर्शकोतवाल गाउँपालिका–८ बोहा टोलस्थित जमुनी खोलामा डुबेर सोही ठाउँ बस्ने राम नारायण प्रसाद कुशवाहाकी छोरी ५ वर्षीय सोहानी कुमारी कुशवाहाको सोमबार दिउँसो मृत्यु भएको छ ।
यता बाँकेको राप्ती सोनारी गाउँपालिका–६ बस्ने राजपती थारुको छोरा ९ वर्षीय कात्तिक थारुको बैजनाथ गाउँपालिका–२ स्थित बालुवा खोलामा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।
धनुषा मिथिला विहारी नगरपालिका–१ स्थित महरानी इट्टा उद्योग नजिक खेतमा रहेको पानी जमेको खाल्डोमा डुबेर गणेशमान चारनाथ नगरपालिका–२ लखनपुर घर भएका घुरन साहकी छोरी ७ वर्षीय रोमा साहको सोमबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ