सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ पुर्जी जारी भएका १९ जना अझै फरार

सूर्यदर्शन बचत तथा ऋण सहकारी र सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ पुर्जी जारी भएका १९ जना फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी हिनामिना प्रकरणमा प्रहरीले १३ जनाविरुद्ध पक्राउ पुर्जी लिएको छ । कास्की जिल्ला अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । यस्तै, बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम हिनामिनामा संलग्न १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरूलाई रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
पक्राउ पुर्जी जारी भएकामध्ये दुवै सहकारीको रकम हिनामिनामा संलग्न ४ जना रहेको प्रहरीले जनाएको छ । गोर्खा मिडिया नेटवर्कका सञ्चालक विशाल तामाङसहित चार जना सुप्रिम र सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको अनुसन्धान अधिकृतको भनाइ छ ।
दुवै सहकारीका गरी २३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा चार जना पक्राउ परेका छन् भने बाँकी १९ जना अहिलेसम्म फेला पर्न सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपराष्ट्रपति यादवद्वारा महावीर जन्मजयन्तीको शुभकामना
-
१२५ प्रतिशतबढी भन्सार लगाएपछि चीनसँग कुराकानी गर्ने ट्रम्पको उद्घोष
-
बंगलामुखिको बार आज कुन राशिलाई कति लाभदायी ?
-
मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा भोगचलन गर्नेको पोल्टामा
-
चारदेशीय टी-२० आई सिरिजः नेपाल कुवेतसँग खेल्दै
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ