बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
रास्वपा प्रदर्शन

रास्वपाका एक दर्जन नेता कार्यकर्ता पक्राउ (सूचीसहित)

मङ्गलबार, १३ कात्तिक २०८१, १२ : ०७
मङ्गलबार, १३ कात्तिक २०८१

काठमाडौँ । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले मंगलबार बालुवाटारमा सुरु गरेको प्रदर्शनका क्रममा केही नेता कार्यकर्ता पक्राउ परेका छन् । 

विरोध प्रदर्शनमा बालुवाटार नजिक नेपाल हाउसको अगाडिबाट पार्टीका नेता कार्यकर्तालाई पक्राउ गर्ने काम भएको रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । 

शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा काठमाडौँ जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य एवं शुभचिन्तकहरू खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरि, ध्रुव ढकाल र सवि खड्कालगायत पक्राउ परेको उनको भनाइ छ । 

शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले  दमन र गिरफ्तारी गरेको भन्दै उनले विरोध गरे । 

सभापति लामिछानेलाई षड्यन्त्रपूर्वक गिरफ्तारी गरिएकाले त्यसको विरोधमा सडकमा आएको रास्वपाको भनाइ छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप